पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणमा काठमाडौं गोल्डेन्स वारियार्सले सान्त्वना जित निकालेको छ । लगातार २ खेलमा पराजित काठमाडौंले बुधबार धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले हराउँदै महत्वपूर्ण २ अंक जोडेको हो ।
हालसम्म सबैभन्दा धेरै ३ खेल खेलका काठमाडौ र डिफेण्डिङ च्याम्पियन पोखरा पल्टनले २ मा हार र १ मा जित निकाल्दै समान २ अंक जोडेका छन् । यस्तै, २ खेल खेलेका धनगढी र विराटनगर टाइटन्सले १ खेल जितेर समान २ अंक जोडेका छन् भने मात्र १ खेल खेलेका बुटवल ब्लास्टर्स र साविक उपविजेता चितवन राइनोजले २ अंक नै जोडेका छन् ।
बुधबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पारीसँगै पहिलो जित दर्ता गरेको हो । ३८ बलको सामना गरेका मल्लले ९ छक्का र ८ चौका हिर्काउँदै १ सय रन जोडे । योसँगै मल्लले सन २०१९ मा मात्रै तेश्रो पटक शतक पूरा गरेका छन् । मौसमको खराबीले २० ओभरको खेल १७ ओभरमा झारिएको थियो । निर्धारित १७ ओभरमा काठमाडौंले ५ विकेट गुमाएर १ सय ८५ रन जोडेको थियो । जयकिसन कल्सवालले ४६ र अमित श्रेष्ठले ३४ रन जोडे । गौरव तोमर र सुवोध भाटी बिनारन पेभेलियन फर्किए । पवन सराफ र आदिल खानले पनि कुनै रन जोड्न सकेनन् । धनगढीका कमलसिंह ऐरी एक्लैले ४ विकेट लिए भने सागर ढकालले १ विकेट लिए ।
एक सय ८६ रन लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको धनगढीले १६ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्रै जोड्यो । धनगढीका श्रीमान्था विजेरत्नेले १५ तथा रोड्रिगो थोमसले १० रन बाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका वसन्त रेग्मीले ३ विकेट लिए भने पवन सराफ र सुवोध भाटीले समान २/२ विकेट लिए । काठमाडौंले पोखरा र बुटवलसँग पराजय ब्यहोरेको थियो भने धनगढीले विराटनगरलाई पराजित गरेर एउटा जित निकालिसकेको छ ।
यता, विराटनगर टाइटन्सले पोखरा पल्टनलाई लगातार दोश्रो हार चखाएको छ । अघिल्लो खेलमा धनगढीसँग पराजय भोगेको विराटनगरले पोखरासँग त्यसको बदला लिएको हो ।
पूनीत मेहराको उत्कृष्ट ब्याटिङमा विराटनगरले ४५ रनको फराकिलो अन्तरमा पोखरालाई हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रन जोड्यो । मेहराले २६ बलमा ४ छक्का र ५ चौकाको मद्दतले ६१ रन बनाए । सुनिल धमलाले ३६ र मोहम्मद जैद आलमले २६ रनको योगदान गरे । अन्य ब्याट्सम्यान भने सस्तैमा समेटिए । पोखराका कप्तान शरद भेषवाकरले २ तथा कुशल मल्ल र सर्वजित लड्डाले १/१ विकेट लिए । जवाफमा पोखराले ८ विकेट गुमाउँदै १ सय रनमात्रै जोड्न सक्यो । रोहितकुमार पौडेलले सर्वाधिक ३२ रनको योगदान गरे भने कुशल भूतेर्लले २४ रन तथा आशिफ शेखले १३ रन जोडे । कप्तान भेषवाकर र कुशल मल्ल तथा रविइन्दर सिंह शून्य रनमै पेभेलियन फर्किए । अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन ।
विराटनगरका लागि किशोर महतो, जितेन्द्र मुखिया र मुहम्मद जहिद आलमले २/२ विकेट लिँदा साहव आलम, पुनित मेहरा र नोमन खानको नाममा १/१ विकेट रह्यो ।
विहीबार बुटवल ब्लास्टर्स र चितवन राईनोजबीच खेल हुनेछ ।
Related News
सम्बन्धित समाचार
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१