प्याब्सन स्पोर्टस मिट फुटबल, भलिबल र एथ्लेटिक्स जारी

आदर्श समाज सम्वाददाता
पौष ३, २०७६
PABSON Sports Meet_Fotor

निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको १६ औं संस्करणको प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबल, भलिबल र एथ्लेटिक्सका खेलहरु जारी छन् ।

बुधबार सम्पन्न छात्र सिनियर फुटबलतर्फ सम्पन्न खेलमा स्नो–भ्यूले नवदीपलाई २–० ले, शान्तिनिकुञ्जले रेन्बो एकेडेमीलाई ३–१ गोलले, हार्वर्डले जेसीएलाई ३–० र मेरिगोल्डले ग्लोबल कलेजियटलाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरि, छात्रको जुनियर फुटबलतर्फ नवदीप, प्रगति, नेपाल आदर्श र शान्तिदीप क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

विहिबारबाट छात्र फुटबल सिनियर तथा जुनियरतर्फ क्वाटरफाइनलका खेलहरु हुनेछन् ।

स्पोर्ट्स मिट अन्तर्गत पोखरा रंगशालामा शुरु एथ्लेटिक्सतर्फका केही खेलहरु बुधबार सम्पन्न भएका छन । स्पोर्टस् मिटको १ सय मिटर छात्रातर्फको खेलमा बालकल्याणकी सृष्टि तामाङ १५.२५ सेकेण्डमा दूरी पार गर्दै प्रथम भइन् ।

यसैगरि, १५.६० सेकेण्डमा दूरी पार गर्दै टप्सकी ईयामी गुरुङ द्वितिय र १५.६५ सेकेण्डमा पार गर्दै जेसीएकी समीक्षा भट्टराई तृतीय बनिन् ।

यसैगरि, छात्रतर्फको १ सय मिटर दौडमा १२.५४ सेकेण्डमा दूरी पार गर्दै मेरीगोल्डका बिजु गुरुङ प्रथम भए ।

भाष्कर मेमोरिएलका निदोर्ष सुबेदी १२.६० सेकेण्ड र टप्सका आशिष राना १२.६२ सेकेण्डमा दूरी पार गर्दै क्रमशः दोश्रो र तेश्रो भए ।

स्पोर्टस् मिट अन्तर्गत हाइजम्प छात्रतर्फ हार्वर्ड एकेडेमीका सुमित गुरुङ प्रथम, बेथानीका मेहमद हुसेन द्वितिय र ग्लोबल कलेजियटका सूरज गुरुङ तेश्रो भए । यस्तै, छात्रातर्फको हाइजम्पमा टप्सकी सबिना खातुन मिया प्रथम, गोल्डेन नेचरकी आरती खाँड ठकुरी द्वितिय र ग्लोबल कलेजियटकी सदिक्षा तिमिल्सिना र ढुंगेसाँघु बोर्डिङकी सहारा लामगादेले तृतीय स्थान हासिल गरे ।

स्पोर्टस् मिट अन्तर्गत भलिबलको छात्रतर्फ सम्पन्न खेलमा लिटिल स्टेपले चिरगादीलाई २५–२१ र २५–१७ ले, ताराकुञ्जले हार्वर्डलाई १६–२५, २५–१८ र २७–२५ ले, सृजनाले कन्चनजंघा एकेडेमीलाई २५–३ र २५–२३ ले र धौलागिरीले अल्फामाथि २५–२३, २१–२५ र २५–२३ को जित निकाल्यो ।

यसैगरि, छात्रतर्फनै भएको अन्य खेलमा डायमण्डले कन्जनजंघा बोर्डिङलाई २५–११ र २५–२१ ले, रेन्वो एकेडेमीले एक्स आर्मीलाई २६–२४ र २५–१२ ले, सबलाइमले लिटिल ड्याफोडिललाई २५–१७, २०–२५ र २५–१९ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगितामा फुटबल सिनियरतर्फ ६९ टिम, जुनियरतर्फ ५२ र सिनियर छात्रा भलिबलतर्फ १७ टिम, छात्रतर्फ २४ र टेबुलटेनिसमा छात्रछात्रा गरि ३९ विद्यालयहरुले प्रतिस्पर्धा गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width