पोखरा, ३ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख केशव उप्रेतीले पहिलो कर अधिकृत व्यवसायी नै भएको बताएका छन ।
उनले सवै करदाताहरु पहिलो कर अधिकृत भएको धारणा राखे । आठौं कर सप्ताहको सन्दर्भमा पोखरा चेम्बर अफ कमर्श कास्की र आन्तरिक राजश्व कार्यालय पोखराले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा स्वयमले कर निर्धारण प्रणाली भएकोले करदाताहरु पहिलो कर अधिकृत भएको दावी गरे । आन्तरिक राजश्व कार्यालय करदातामैत्री भएको दावी गर्दै उनले नेपालको करप्रणाली प्रगतिशिल रहेको उल्लेख गरे ।
करदाताले बिचौलिया मार्फत फारम भराउदा अनावश्यक व्ययभार व्यहोर्न परेको चर्चा गर्दै उनले आन्तरिक राजश्व कार्यालयमा व्यवसाय दर्ता गर्दै पैसा नलाग्ने बताए । उनले चोरी निकासी कम गर्न व्यवसायको अनिवार्य दर्ताको व्यवस्था गरेको धारणा राखे । तिनतहको सरकारले आआफ्नो ढंगले कर तथा राजश्व उठाउने भएकोले एकद्धार प्रणाली अपनाउन नसकेको बताए ।
पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले उद्योगी व्यापारीहरुको लागि नियमित प्रशिक्षण चलाउने बताए । घरवहालमा व्यवसाय गर्नेका समस्यालाई हल गर्न पहल गर्ने चर्चा गर्दै उनले हेल्प डेस्क मार्फत व्यवसायीका गुनासा सुन्ने सयन्त्रको विकास गरेको जानकारी दिए । उनले आन्तरिक राजश्व कार्यालय, नेपाल प्रहरी र पोखरा महानगरपालिकाको समन्वयमा पोके व्यपारीका कारण उत्पन्न समस्यालाई हल गर्ने धारणा राखे । कार्यक्रममा कमर्शका महासचिव उमराज बास्तोला, कार्यक्रम संयोजक नवराज आचार्य लगायतले व्यवसायीलाई परेको करको बारेमा वोलेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१