दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन

रासस
कार्तिक २५, २०७६
pokhara-fastival-suru-3

पोखरा, २५ कात्तिक । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ ।

दशाैं  संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो । उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ सुकबहादुर गुरुङ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सांस्कृतिक व्यवस्थापनमा राजु श्रेष्ठ, सचिवालय व्यवस्थापनमा लोकबहादुर थापा, प्रचारप्रसारमा शान्तबहादुर थापा, अर्थ तथा कक्ष व्यवस्थापनमा गणेश तिमिल्सिना छन् ।

महोत्सवको सल्लाहकारमा विश्वप्रकाश लामिछाने, सेती थापा, रमेशबहादुर कार्की, लीलाधर अधिकारी, पोखरा महानगरपालिकाअन्तर्गत वडा नं १० का अध्यक्ष राजकुमार गुरुङ, ११ का अध्यक्ष मोहन बाँस्तोला, १३ का अध्यक्ष दर्शन लामा, १४ का अध्यक्ष प्रेमबहादुर कार्की, १५ का अध्यक्ष प्रकाश पौडेल, २४ का अध्यक्ष ओम सुवेदी, वडा नं ३१ का अध्यक्ष कमलबहादुर थापा छन् । क्लबको सक्रियतामा हुने महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना, सेती नदी संरक्षणलगायतका सामाजिक कार्यमा सहयोग गरिँदै आइएको छ ।

Related News

सम्बन्धित समाचार

    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…
    • होन्डा ग्राजियाको बिएसभीआई मोडल

      आदर्श समाज सम्वाददाता श्रावण ४, २०७८
      पोखरा  । पोखराका लागि होन्डाको आधिकारिक बिक्रेता कुँवर ब्रदर्स एन्ड सन्स प्रालिले सोमबारदेखि होन्डा ग्राजियाको बिएसभीआई मोडल लन्च गरेको छ…
    • ७४ प्रतिशत बजेट कार्यान्वयन

      श्रीभद्र पौडेल श्रावण ४, २०७८
      हेमजा । गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा करिब ७४ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । प्रदेशमा गत आवमा ३४ अर्ब…
    • ‘काम गर्ने वातावरण बनाऊ’

      आदर्श समाज सम्वाददाता श्रावण १, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको घरेलु उद्योग तथा हस्तकला उपसमितिले घरेलु तथा हस्तकला उद्योगमा आवद्ध व्यवसायीलाई सहज रुपमा कर्जा पाउने…
    • नर्भिक अस्पतालको आइपिओ आउँदै

      रासस असार २९, २०७८
      काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट…

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads