तीन सहकारी मर्ज

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
IMG_6575 (1)

म्याग्दी ,२४ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका –६ दरबाङमा संचालित पश्चिम दरबाङ बचत तथा ऋण सहकारी संस्था र अन्य दुई सहकारी एक आप आपसमा मर्ज भएका छन् ।

पश्चिम दरबाङ सहकारीको १२औं साधारणसभाको अवसरमा पश्चिम दरबाङ , मंगला–२, बाबियाचौरको प्रभु बचत तथा ऋण र अन्नपूर्णको शिख बहुउद्देश्यीय सहकारी संस्था औपचारिक रुपमा मर्ज भएका हुन् ।

मालिका गाउँपालिका–६ दरबाङ्गमा प्रधान कार्यालय रहेको पश्चिम दरबाङ्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३४ करोड बढी लगानी गरेको छ । कुल २ हजार ७ सय १० जना शेयर सदस्य रहेको सहकारीले छ करोड ३६ लाख ५९ हजार शेयर पुँजी, ३३ करोड सात लाख ३१ हजार एकसय रुपैयाँ बचत र ३४ करोड सातलाख ८४ हजार सातसय एक रुपैयाँ कर्जा लगानी गरेको शनिबार संस्थाको १२ वार्षिक साधारण सभाको अवसरमा जानकारी गराएको हो ।

सहकारीको १२ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगनाी गर्नुपर्नेमा जोड दिए । उनले अन्य सहकारीहरु ग्रामीण क्षेत्र प्रवेश गर्ने क्रममा रहेपनि पश्चिम दरबाङ सहकारी चाहीँ सहरकेन्द्रीत भएको हुँदा विदेशिने युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सहकारीले आर्थिक कारोबार सँगसँगै समाज परिवर्तन र रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width