सांग्रिला बैंकद्वारा रक्तदान २०९ युनिट संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०७६
Shangrila-Bank1

पोखरा, १९ कात्तिक । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा क्षेत्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र सुवेदीले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा पोखरासहित काठमाडौं, नेपालगंञ्ज र धादिङको गल्छीमा पनि रक्तदान कार्यक्रम भएको बैंकले जनाएको छ । देशभर ४ सय ६२ युनिट रगत संकलन भएको छ ।१० वर्षभन्दा बढी समयदेखि कार्यरत सम्पूर्ण कर्मचारीलाई बैंकले वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width