खुसी नमूनाको साधारणसभा

आदर्श समाज सम्वाददाता
कार्तिक ७, २०७६
khushi namuna sahakari progrem photo_Fotor

अन्नपूर्ण–३, पाउँदुर (टोल नं.१) स्थित खुसी नमूना बहुउद्देश्यीय सहकारी सस्था लि.को प्रथम साधारणसभा सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले नेपालीहरु उत्पादनमा लाग्नुपनेर्मा जोड दिँदै जमिन बाँझो राख्न नहुने औँल्याए। उनले सहकारी मार्फत उत्पादित बस्तुलाई बजारसम्म लैजानुपर्ने पनि बताए। कृषि उत्पादनमा लागेर कोही पनि मानिस सानो नहुने उनको तर्क थियो।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारीलाई साथ दिन गाउँपालिका तयार रहेको स्पष्ट पार्दै सामूहिक खेती प्रणालीमा जोड दिइन्। कार्यक्रममा अन्नपूर्ण २ का अध्यक्ष चूडामणि अधिकारी, ३ का वडा सदस्य रामजीप्रसाद पौडेल, सहकारीका अध्यक्ष राधेश्याम पौडेल, सल्लाहकार विश्वबन्धु पौडेल, वातावरणीय आमा समूह अध्यक्ष राधिका पौडेल लगायतले पनि भनाइ राखेका थिए।

कार्यक्रमबीच कोषाध्यक्ष अमरबहादुर केसीद्वारा प्रस्तुत आय–व्यय विवरण छलफल सहित अनुमोदन भएको थियो। सहकारीले अर्गानिक तथा वातावरणमैत्री कृषि उत्पादन गर्ने प्रतिबद्घता पनि जनाएको छ। आफ्नो क्षेत्रलाई विषादी निषेधित बनाउने पनि सहकारीले जाहेर गरेको छ।

उक्त टोललाई वातावरणमैत्री कृषि नमूना गाउँ बनाउने उद्देश्यका साथ सो सहकारी मार्फत गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत अघिल्लो वर्ष करिब २४ लाख तथा चालु आवमा १५ लाख रकम विनियोजन पनि गरिएको छ।

सहकारी अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सचिव सीता पौडेलले स्वागत तथा लेखा समिति सदस्य भोलानाथ पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width