युवा व्यवसायीको साझा संगठन गठन

आदर्श समाज सम्वाददाता
कार्तिक १, २०७६
40081273a4a3a417847f01a6b6855881

पोखरा, १ कात्तिक । पोखरामा छरिएर व्यवसाय गर्दै आइरहेका युवा व्यवसायीबीच बिचार बिमर्श जागरुक बनाई नेपालमै दीर्घकालिन रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने उद्देश्यले युनाईटेड कमर्शियल कम्युनिटि गठन गरिएको छ ।

पोखरामा भएको एक भेलाले पूर्ण श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय तदस्र्थ समिति गठन गरेको हो। जसको उपाध्यक्षमा ओमप्रसाद दाहाल, महासचिवमा कृष्णप्रसाद दाहाल सचिवमा स्नेहा गुरुङ, कोषाध्यक्षमा संजीव पौडेल, सहकोषाध्यक्ष रुवि रञ्जित, सदस्यहरुमा विकास गुरुङ,जयन्ती मोक्तान,बिक्रम बराल, सूर्य भण्डारी, मनबहादुर शाही, चितवन संयोजकमा संगम पौडेल, बुटवल संयोजकमा गणेश क्षेत्री रहेका छन। यसै गरी ४ उप समिति पनि गठन गरेका छन।

कम्युनिटीका अध्यक्ष पूर्ण श्रेष्ठले युवा व्यवसायीबीच निरन्तर बिचार विमर्श र आपसी सहयोग समझदारी गर्नु नै संस्थाको मुख्य उद्देश्य रहेको बताएका छन। उनले भने” अहिले व्यवसायी लगानीमा युवा पीडिहरुको आकर्षण बढ्दै गएको छ। बिदेशमा रहेका नेपाली युवा र नेपालमै रहेका युवाहरु पनि आफ्नै देशमै केही गरौ भन्ने छन् तर आवश्यक परामर्शको अभावमा र बजार अध्ययनको ज्ञान नहुदाँ व्यबसायी दीर्घकालिन रुपमा अगाडि नवढ्दा समस्या देखा परेको छ। यस्ता समस्याको निवारण नै संस्थाको लक्ष्य हो।”

श्रेष्ठले भने यी सबै कार्यहरु गर्न निरन्तर रुपमा बजारको अपडेट एकअर्काबीच आवश्यक बिचार विमर्श आवश्यक छ। यसैको रुपलाई केन्द्रीकृत गर्न चौताराको रुपमा यो संस्थाको विकास भएको हो। हामीले वर्ष दिनमा १०० जना बढी युवा व्यवसायीहरुलाई जोड्दै जाने लक्ष्य पनि बनाएका छौ। संस्थाले युवा व्यबसायीबीच आवश्यक बिचार बिमर्श आदान प्रदान गर्ने, एकाअर्का व्यवसायीबीच मित्रता कायम गराउने,आवश्यक परेको खण्डमा सहयोग गर्ने छ।

Related News

सम्बन्धित समाचार

hero news full width