कोअपरेटिभ म्यानेजर्स क्लबमा बस्नेत

श्रीराम सुवेदी
असाेज २८, २०७६
cmc_Fotor

कोओपरेटिभ म्यानेजर्स कास्कीको अध्यक्षमा डम्बर सिंह बस्नेत निर्वाचित भएका छन्।

क्लबको सोमबार भएको दोस्रो अधिवेशनबाट गौरीशंकर साकोस हेमजाका व्यवस्थापक बस्नेत निर्विरोध भएका हुन्।

यस्तै उपाध्यक्षमा अपील कोइराला (संगम साकोस), सचिवमा बोधराज रेग्मी (दर्पण) सहसचिवमा मोहनप्रसाद अधिकारी (पृथ्वी बहुउद्देश्यीय), कोषाध्यक्ष, हरि पन्थी (पिपुल्स), सदस्यमा नीरु थापा (प्राइम), सन्तोष त्रिपाठी (नयन), किरण अधिकारी (मित्रमिलन), सन्तोष रानाभाट (शुभसौगात), गोविन्द लामिछाने (लेखनाथ), सीता दाहाल (राष्ट्रिय बहुउद्देश्यीय) रहेका छन्।

निर्वाचन संयोजक कमलमोहन आचार्य, सन्तोष घिमिरे र जगन्नाथ लामिछाने सदस्य रहेका थिए।

कार्यक्रमको प्रमुख प्रशिक्षकको रुपमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का सञ्चालक एवम् गण्डकी प्रदेशका संयोजक भीमबहादुर गुरुङले सहकारी संवेदनशील क्षेत्र भएकोले सबैको साथ र सहयोगले मात्र लक्ष्य पूर्ति गर्न सहज हुने बताए।

उनले नीति, योजना र प्रविधिलाई आत्मसाथ गर्ने सहकारी नै सक्षम र सबल हुने बताए।

शुभकामना मन्तव्य राख्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई राज्यले स्थान दिन नसकेको बताए।

कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले ठूलो अभियानका साथ यहाँसम्म आएको सहकारी क्षेत्रलाई सरकारले अझै खुम्च्याउन खोजेको आरोप लगाउँदै यसबाट कुनै पनि विचलित हुन नहुने बताए।

क्लबले २० वर्षभन्दा बढी सहकारी क्षेत्रमा कार्य गरेका व्यक्ति नेफ्स्कुनका सञ्चालक भीमबहादुर गुरुङ र जिल्ला सहकारी संघका वरिष्ठ प्रबन्धक भोजराज घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरेको थियो भने संस्थालाई सहयोग गर्ने राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रबन्धक सन्तोष घिमिरेलाई सम्मान गरेको थियो।

अध्यक्ष मिलन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अपील कोइरालाले ले र स्वागत उपाध्यक्ष डम्बरसिं बस्नेतले गरेका थिए। कार्यक्रममा क्लबको आर्थिक तथा वार्षिक प्रतिवेदन सचिव अपील कोइरालाले प्रस्तुत गरेका थिए भने सहकारी ऐन, नियम र नीतिसहितको पुस्तक विमोचन गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width