मुक्तिनाथ बैंक र ज्वेलरी देव कर्नरबीच सहकार्य

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
Muktinath_Fotor

मुक्तिनाथ विकास बैंक लि. र केजे देव कर्नर, काठमाडौंबीच सम्झौता भएको छ। सो सम्झौताबमोजिम मुक्तिनाथका भिसा डेविट कार्ड प्राप्त ग्राहकले केजे देव कर्नरमा गरगहना बनाउँदा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म विशेष छुट पाउनेछन्।

सो सम्झौतापत्रमा मुक्तिनाथतर्फबाट सञ्चालन विभागका विभागीय प्रमुख सुवास ढकाल र केजे देव कर्नर तर्फबाट प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन्। यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा गरिएको छ।

मुक्तिनाथले देशैभरी १ सय २० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिसा नेटवर्कअन्तर्गत एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ।

हालैमात्र मुक्तिनाथको आफ्नै रेमिट सुविधा छ। साथै चाडपर्व लक्षित गरी भदौ १ देखि कात्तिक ३० सम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width