कागज उद्योग संचालन

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
hemja hata kagaj photo_Fotor

बन्दै गरेको कागज देखाउँदै व्यवस्थापक पौडेल।

सुइँखेत निवासी फारम पौडेलले हेमजा हातेकागज उद्योग संचालनमा ल्याएका छन्।

सो उद्योग उद्घाटन गर्दै वडा सदस्य लक्ष्मी अधिकारीले उद्योग संचालकको मात्र नभई समग्र हेमजावासीकै भएको बताइन्। उनले उद्योग खोलिनु हेमजाकै गौरव भएको बताइन्।

लुम्बिनी विकास बैंकका पूर्व अध्यक्ष सुशीलराज पराजुलीले वित्तीय संस्थाहरु घरेलु उद्योगमा पनि लगानी गर्न तयार रहेको जानकारी दिँदै रोजगार सिर्जनामा स–साना उद्योगको पनि ठुलो भूमिका रहने बताए।

शुक्लागण्डकी कागज कारखानाका प्रबन्धक सन्तोषराज सिग्देलले आफूहरु हातेकागज उद्योगसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै उद्योगलाई व्यवस्थित रुपमा संचालन गर्नुपनेर्मा जोड दिए।

पौडेलले कुल १५ लाख रुपैयाँ लगानीमा आफ्नै जग्गामा उद्योग स्थापना गरेका हुन्। जसमा हाल ७ जनाले दैनिक रोजगारी पाएका छन्।

कागज निर्माणमा लोकता मुख्य सामग्री तथा बाबियो सहायक सामग्री रुपमा प्रयोग हुने व्यवस्थापक विजय पौडेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width