मुनाल सहकारी र चरकबीच सम्झौता

आदर्श समाज सम्वाददाता
असाेज १०, २०७६
munal_Fotor

मुनाल बचत तथा ऋण सहकारी संस्था लि. र चरक मेमोरियल हस्पिटल प्रालिबीचच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा विहीवार सम्झौता भएको छ। दुवै संस्थाका संचालकको उपस्थितिमा सहकारीतर्फबाट अध्यक्ष दुर्गाप्रसाद हुमागाई र हस्पिटल प्रालितर्फबाट अध्यक्ष डा बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि सहकारी शेयर सदस्य, सदस्यका परिवार र सहकारीका कर्मचारीले मुनाल डिस्काउन्ट कार्ड र आफ्नो परिचयपत्र मार्फत चरक मेमोरियल हस्पिटलले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन। पोखरा पृथ्वीचोकमा रहेको अस्पतालले २४ सै घण्टा इमजेर्न्सी सेवा, अनुभवी विशेषज्ञ डाक्टरबाट सबै प्रकारका रोगको उपचार सेवा, आधुनिक ल्याब, आधुनिक शल्यक्रिया कक्ष, फामेर्सी मार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाइएको छ।

सो अस्पतालले छिट्टै नागढुंगास्थित हेलिप्याड सहितको आप्mनै भवनबाट नियमित स्वास्थ्य सेवाको अलावा सिटी स्क्यान, अत्याधुनिक ल्याब, फामेर्सी, मुटुरोग, न्यूरो, मृगौलासम्बन्धी सम्पूर्ण रोगको शल्यक्रिया र उपचार गर्ने तयारी गरेको अध्यक्ष डा बद्री पौडेलले बताए।

मुनाल सहकारी अध्यक्ष दुर्गाप्रसाद हुमागाईले अस्पतालसँगको सो सहकार्यबाट सहकारीका शेयर सदस्य, सदस्यका परिवार र कर्मचारी स्वास्थ्य सेवाबाट लाभान्वित हुने बताए। मुनाल सहकारीको कास्की जिल्लाभर कार्यक्षेत्र छ।

Related News

सम्बन्धित समाचार

hero news full width