गोरखा, २५ भदौ । विश्वमै प्रसिद्ध मनास्लु हिमाल र त्यहाँ पुग्ने पर्यटकीय पदमार्गको रुट परिवर्तन हुन थालेपछि गोरखाका पर्यटन तथा उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
मनास्लु पदमार्गको प्रचारमा जोड दिन गोरखा उद्योग वाणिज्य संघद्वारा मंगलवार गोरखा बजारमा आयोजित अन्तरक्रियामा सहभागी वक्ताले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
पुरानो पदमार्ग अर्थात गोरखा सदरमुकाम गोरखा नगरपालिका, भीमसेन थापा, आरुघाट धार्चे, चुननुब्री गाउँपालिका हुँदै केही पर्यटक पुनः जिल्लाकै अन्य रुट लार्के पासबाट मनाङ र लमजुङ हुँदै फर्कने गरेकोमा १० वर्षदेखि धादिङको बेनीघाटबाट मनास्लु गएपछि पुरानै रुट फर्काउन प्रयास गरिने अन्तरक्रियामा छलफल गरिएको थियो ।
प्रमुख अतिथि गण्डकी प्रदेश सांसद हरिशरण आचार्यले गोरखा दरबार, गोरखा संग्रहालय, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । मनास्लु हिमाल गण्डकी प्रदेशकै प्राकृतिक धरोहर हो । उक्त हिमाल जान मोटर बाटोभन्दा पनि गोरखा बजारहँुदै अन्य वैकल्पिक पदमार्ग खोज्नु पर्नेमा उनले बताए ।
ऐतिहासिक स्थल गोरखा नेपाल एकीकरणको उद्गमस्थल पृथ्वीनारायण शाहको दरबारदेखि गोरखनाथ गुफा, गोरखा संग्रहालय, अवलोकनलाई विशेष ध्यान दिन जरुरी रहेको सहभागीले जोड दिएका थिए ।
साइड सिनका लागि सदरमुकामबाट मनकामना मन्दिर, कोटकाली, विन्ध्यवासिनी मन्दिर, नारेश्वर, शहीद लखन पार्क, भीमसेन थापा पार्क, लिगलिगकोट, बारपाक लगायतका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा गर्नुपर्ने कुरामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक सूर्य थपलियाले जोड दिए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले गोरखाको पर्यटन विकासमा गोरखाको ब्राण्डको पहिचान गरी अगाडि बढ्नुपर्ने बतए ।
गोरखामा पर्यटक आकर्षण गर्न आवश्यक स्टार होटल निर्माण, व्यवस्थित होम स्टे, सडक सञ्जाल, यातायातको सहज व्यवस्था, कला, संस्कृति, स्थानीय उत्पादन, ट्राभल एजेन्सीको विकास गर्न सकेमात्र पर्यटक आकर्षण गर्न सकिने सहभागीको जोड थियो ।
साथै उनीहरुले आन्तरिक पर्यटन वर्ष सन् २०१९ र भ्रमण वर्ष २०२० लक्षित गरी गोरखामा पर्यटकको संख्या वृद्धि गर्न गोरखाको प्रचारप्रसार जरुरी रहेको बताए ।
सो अन्तक्र्रियामा गोरखाका पर्यटन व्यवसायी, उद्योगी, राजनीतिक पार्टी तथा जनप्रतिनिधि, कार्यालय प्रमुख, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाएका थिए ।गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठको अध्यक्षतामा सो अन्तक्र्रिया भएको थियो ।
ऋषिराम बराल
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१