सिलिङ्गे कृषि सहकारीको ११ औं साधारण सभा

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७६
silinge shabing photo 20 (1)

लेखनाथ, २३ भदौ । पोखरा–२६ को बुढीवजारमा रहेको सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाले शुक्रवार विविध कार्यक्रमका साथ आफनो ११ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै उद्योग,बाणिज्य तथा आपुर्ती मन्त्री मात्रिकाप्रसाद यादवले सहकारीको आफनै लगानीबाट उत्पादनशील क्षेत्रमा लगानी गरी पैसा होइन वस्तु तथा सेवा बेच्नु पर्ने सुझाव राखेका थिए ।

समयको माग र आम जनमानसको भावनालाई बुझेर सहकारीहरुले समुदायमा उत्पादन गरी समुदायकै माध्यमबाट बजारीकरण गर्न सक्ने खालका योजना ल्याउने हो भने यसले राष्ट्रिय उत्पादन र स्वयम उपभोक्ताको आर्थिक जीवनस्तर उकास्नमा सहयोग पुग्ने विश्वास ब्यक्त गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश विकास समितिका सभापति दीपक कोइरालाले उत्पादन र रोजगारीको क्षेत्रलाई माथि उठाउन सहकरीले आफनो नीति नियम अनुसार अगाडि वढ्नु पर्नेमा जोड दिएका थिए भने जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले नयाँ सहकारी ऐनले अझैपनि सहकारीको मर्म र भावना अनुसार सहकारीकर्मीको मन जित्न नसकेको विचार राखेका थिए ।

संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं २६ का वडाअध्यक्ष नारायणप्रसाद बराल,सहकारी डिभिजन कार्यालय कास्कीका पुर्व प्रमुख बद्रिनाथ अधिकारी, सस्थापक अध्यक्ष देवेन्द्र रानाभाट, जनप्रिय सहकारीका अध्यक्ष मुरारी बराल, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु बराल, सेयर सदस्य कोपिला रानाभाट लगाएतले एक सहकारी एक उत्पादनको अवधारणालाई अक्षरस पालना गर्नु पर्नेमा जोड दिएका थिए ।

संस्थाका सचिव सूर्यप्रसाद बञ्जराले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्यामा सिग्देलले गरेकी थिइन् । सोही अवसरमा सस्थाका जेष्ठ सदस्यहरुलाई छाता, लौरो र दोसल्ला ओढाई सम्मान गरिएको थियो भने अन्य विविध विधामा उत्कृष्ठता हात पारेका कृषक, असल कारोवारी लगाएतलाई सम्मान गरिएको थियो । कुल सात सय ५४ जना सेयर सदस्य रहेको संस्थाको शेयर पुजी चार करोड,९० लाख,३७ हजार दुई सय रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width