काठमाण्डौ, १८ भदौ । देशभरका धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
मनसुनी रेखा नेपालको पश्चिमी भू-भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने केही स्थानमा पानी परिरहेको छ ।
मध्यम खालको वर्षा बुधबार, बिहीबार र शुक्रबार पनि छ । यसको प्रभावले पहाडी भू-भागमा वाढी–पहिरो जान सक्ने र सडक यातायातमा अवरोध आउन सक्ने सम्भावना छ । बाढी पूर्वसूचना केन्द्रले गएराति २ बजे ट्वीट गरेर सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे र आसपासको स्थानमा भारी वर्षा मापन भएको र भोटेकोशी बाह्रबिसेमा जलसतह करिब १ मिटर बढेको उल्लेख गरेको छ ।
सिमकोट, २६ मंसिर । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा २ को घटनास्थलमै मृत्यु भएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित ४ जना सवारमध्ये २ जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला…
तपाइको विचार व्यक्त गर्नुहोस्