सरकारको विदेश नीनि भद्रगोल– बैद्य

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७६
mohan a

बुटवल । नेकपा क्रान्तिकारी (माओवादी) का महासचिव मोहन बैद्य किरणले केपी ओली नेतृत्वको सरकारको विदेश नीति अहिलेसम्मकै भद्रगोल भएको आरोप लगाएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीद्वारा शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव बैद्यले भने–वर्तमान सरकारको विदेश नीति स्पष्ट नभएको आरोप लगाएका हुन् ।

अमेरिकाको इण्डोप्यासिफिक आयोजना र चीनकोवीर आरआई आयोजना दुवैमा सहमति जनाएर बर्तमान सरकारले दोहोरो चरित्र देखाएको टिप्पणी उनले गरे । भारत गयो भारतसँ ठिक्क,चीन गयो चीनसँग ठिक्क, अमेरिका गयो अमेरीकासँग ठिक्क बन्ने नीति अहिलेको सरकारले लिएको छ ।’

बर्तमान सरकार कम्युनिष्ट सरकार नभएको बताउदै उनले राष्ट्रियता,जनजीवीका र जनतन्त्रको पक्षमा सामान्य सुधारका कार्यक्रम पनि ल्याउन नसक्ने कसरी कम्युनिष्ट सरकार हुनसक्छ ? उनको प्रश्न थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाटै मन्त्रीपरिषदको बैठक सञ्चालन गर्नु उपयुक्त नभएको बताए ।

मुलुकमा गम्भीर परिस्थिति आइपरेको अवस्थामा मात्रै सत्ता साझेदार दल र विपक्षी दलहरुको सहमतिमा बिदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्न सकिए पनि अहिले विदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुपर्ने मुलुकमा त्यस्तो केही गम्भीर परिस्थिति नभएकोले सो बैठक अनुपयुक्त भएको टिप्पणी गरे ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु संबिधान बिपरितको काम भएको भन्दै उनले विप्लव नेतृत्वको नेकपाको पनि कार्यनीति स्पष्ट नभएको बताए ।
अर्को एक प्रशंगमा उनले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width