पोखरा, २३ साउन । पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १९ का ५० जना किसानलाई अनुदान रकम दिएको हो । बिहीबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले किसानहरुलाई ४० हजारका दरुले अनुदान रकम हस्तान्तरण गरेका हुन् । ८ वटा भन्दा बढी बाख्रापालक किसानलाई महानगरले खोर निर्माण र बाख्रा खरिदको लागि उक्त रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिसीले किसानहरुलाई प्रोत्साहन स्वरुप उक्त अनुदान दिएको बताए ।उनले केही समयपछि अनुदान दिने कार्यलाई अन्त्य गर्नुपर्ने बताउँदै जोखिम न्यूनीकरण गर्नका लागि क्षतिपूर्ति कोष र बिमातर्फ किसानलाई आकर्षित गर्नुपर्ने बताए । जनताले तिरेको करबाट नै महानगरले किसानलाई अनुदान दिएकाले यसको सही सदुपयोग गर्न र अन्य किसानलाई पनि प्रेरण दिने गरी काम गर्न अनुदान पाएका किसानलाई प्रमुख जिसीले आग्रह गरे । निर्वाहमुखी भन्दा पनि व्यावसायिक रुपमा खेती तथा पशुपालन गर्न किसानहरुलाई आग्रह गर्दै आगामी दिनमा पनि किसानलाई प्रोत्साहन गर्न महानगरले सक्दो सहयोग गर्ने बताए ।
वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले बाख्रापालक किसानलाई मात्र नभई अरु किसानलाई पनि महानगरले सहयोग गर्ने बताए । उनले वडा नम्बर १९ लाई बाख्रापालनको लागि पकेट क्षेत्र बनाउन महानगरले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस पुरचौरका क्याम्पस प्रमुख चन्द्रेश्वर श्रीवास्तवले किसान समृद्ध नहुँदासम्म देश समृद्ध हुन नसक्ने बताए । पोखरा महानगरपालिका पुश सेवा महाशाखाका प्रमुख शिव वाग्लेले व्यावसायिक रुपमा बाख्रापालन गरेका ५० जना किसानलाई २० हजारका दरले २० लाख अनुदान वितरण गरिएको बताए ।
वडा नम्बर १९ का वडा अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा व्यवसायिक बाख्रापालक कृषक समितिका अध्यष शिवबहादुर केसी, वडा समिति सदस्य कृष्ण गौतम र किसान लक्ष्मी अधिकारीले अहिलेको अनुदान वास्तविक किासनले पाएको बताएका थिए । महानगरको पशु सेवा महाशाखाका अधिकृत नवराज अधिकारीले विभिन्न समयमा शिविर सञ्चालन गरी किसानहरुलाई प्राविधिक सेवा पनि उपलब्ध गराउँदै आएको बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१