लमजुबबको न्यू–ईरामा कराँते डोजो प्रशिक्षण

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७६
Lamjung, New Era Karate Training

पोखरा ।  बेसीशहर नगरपालिका–८ स्थित न्यू–ईरा आवासीय माविमा कराँते डोजो संचालन गरिएको छ । विद्यालयमा नयाँ डोजोको रूपमा न्यू–ईरा कराँते डोजो सञ्चालन गरिएको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको रूचीअनुसार जेकेएफ गोजुकाई ताकुजी केन्बुकान कराते संघ अन्तरगत उक्त डोजो संचालनमा ल्याइएको संघका उपाध्यक्ष ज्ञानु केसीले बताइन् । उनका अनुसार विद्यार्थीलाई किताबी ज्ञानसँगै खेल क्षेत्रको ज्ञान दिन कराँते डोजो संचालन गरिएको हो ।

विद्यालयका ईच्छुक विद्यार्थीहरूले कराते सिक्न पाउने उनले बताए । उक्त विद्यालयका विद्यार्थीहरुलाई बेसीशहर डोजोका प्रमुख प्रशिक्षक राधा तामाङ, न्यू–ईरा डोजोका प्रशिक्षक प्रदिप थापा र प्रीति तामाङले प्रशिक्षण दिएका छन् ।

विद्यालयका विद्यार्थीले उत्साहका साथ कराँते खेलमा सहभागी भएको उक्त आवासीय माविका प्रिन्सिपल ओम कायस्थले बताए । उनका अनुसार कराँते सिक्ने विद्यार्थीको संख्या १ सय ५६ रहेको छ । उनीहरू कक्षा एकदेखि आठसम्मका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width