थाइल्यान्डमा जारी एसिया कप इन्डोर हक्की च्याम्पियनसीपमा नेपालको महिला टोलीले एक जित निकालेको छ ।
थाइल्यान्डको चोनबुरीमा बुधबार भएको समूह चरणको तेस्रो खेलमा नेपालले फिलिपिन्समाथि ३–२ को नतिजा निकालेको हो ।
यसअघि, समूह चरणको पहिलो खेलमा नेपालले काजकिस्तानसँग ८–० ले हार व्यहोरेको थियो । त्यस्तै, नेपाल उज्वेकिस्तानसँग ९–० ले पराजित भएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पछि परेको स्थितिलाई उल्ट्याएर नेपालले जित हात पारेको हो । नेपालको जितमा देविका विकले दुई तथा निलिमा पाण्डेले एक गोल गरिन् ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार इरानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको समूह ‘ए’ मा उज्वेकिस्तान, काजकिस्तान, इरान र फिलिपिन्स छन् । नेपालले पहिलोपटक च्याम्पियनसीपमा खेलेको हो ।
पुरुषतर्फ भने नेपालले जित हात पार्न सकेको छैन । समूह चरणमा एक खेल बाँकी रहँदा नेपाल अंकविहीन हुदै पुछारमा छ । नेपालको पुरुष टोलीले अब अन्तिम खेल बिहीबार चाइनिज ताइपेइसँग खेल्नेछ ।
बुधबार नेपाल सिंगापुरसँग १७–१ को फराकिलो अन्तरले पराजित भएको छ । नेपालका लागि प्रेम विकले एक मात्र शान्त्वना गोल गरे । सिंगापुरका ग्रेवाल र गोहले ह्याट्रिक पुरा गरे । नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग १३–२ र काजकिस्तानसँग १२–१ ले पराजित भएको थियो ।
च्याम्पियनसीपमा पुरुषतर्फ ११ र महिलातर्फ ९ टोलीको सहभागिता रहेको नेपाल हक्की संघले जनाएको छ । नेपाल हकी संघका उपाध्यक्ष मनिष झाको नेतृत्वमा रहेको टोलीमा पुरुष र महिलातर्फ समान १२ खेलाडी छन् । पुरुष टोलीको प्रशिक्षकमा बाबुराम नेपाल र महिला टोलीको प्रशिक्षकमा रञ्जन थापा छन् ।
Related News
सम्बन्धित समाचार
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१