गण्डकीका किसान पुरस्कृत

रासस
असार २४, २०७६
goat_farming

पोखरा, २४ असार । गण्डकी प्रदेशमा पशुपक्षीमा कृत्रिम गर्भाधान गरेर नश्ल सुधारका माध्यमबाट उत्पादन वृद्धि गर्न योगदान पु¥याउने कृत्रिम गर्भाधानकर्ता (इन्सेमिनेटर)हरुलाई पुरस्कृत गरिएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका नौ जिल्लाका १३ उत्कृष्ट कृत्रिम गर्भाधानकर्तालाई सोमबार नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा दुई हजार १४९ पशुको कृत्रिम गर्भाधान गरेर पोखरा–२९ निवासी पूर्णचन्द्र गैरेले सर्वोत्कृष्ट गर्भाधानकर्ता बन्न सफल भई नगद रु १५ हजार पुरस्कार प्राप्त गरे । त्यसैगरी भेटेरीनरी अस्पताल पोखराका शेरबहादुर सारु, लमजुङका दिगम्बर चौधरी, नवलपुरका रमेश ज्ञवाली, तनहुँका किरण पण्डित, स्याङ्जाका पुरुषोत्तम कोइराला, गोर्खाका देवीलाल कपाली, म्याग्दीका सुभाष रेग्मी, पर्वतका घनश्याम शर्मा र बागलुङका रमेश चापागाईं जिल्लाबाट उत्कृष्ट पशु गर्भाधानकर्तामा छनोट भई प्रत्येकले रु १२ हजार पुरस्कार प्राप्त गरे ।

नवलपुरका दिलमाया श्रेष्ठ र तनहुँका भगवती जिसीले सान्त्वना स्थान प्राप्त गरी जनही रु १० हजार पुरस्कार प्राप्त गरे । सर्वोत्कृष्ट, उत्कृष्ट तथा सान्त्वना हुनेलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडी तथा निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट घाँस बीउ उत्पादक कृषकलार्ई पनि विभिन्न कृषि सामग्री प्रदान गरिएको थियो । तनहुँका वामदेव खनाल, कास्कीका धनबहादुर पुन र पूर्णभद्र गौतम, नवलपुरका विष्णु भट्ट, गोरखाका खिलबहादुर गुरुङ, लमजुङका दुर्गा तामाङ, स्याङ्जाका डण्डपाणि तिवारी, म्याग्दीका वसन्त शर्मा, बागलुङका गोविन्द पौडेल, पर्वतका सीतादेवी शर्मा र लक्ष्मी चापागाईं प्रत्येकलाई सीड बिन, गमबुट, मास्क, एप्रोन, पञ्जा तथा स्पेयर सामग्री हस्तान्तरण गरिएको पशु स्वास्थ्य अधिकृत सुरेशकुमार श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width