राइनासको बेरुजु २७ लाख

आदर्श समाज सम्वाददाता
असार ११, २०७६
rainas copy

लमजुङ, ११ असार । लमजुङको राइनास नगरपालिकाको बेरुजु २७ लाख रुपैयाँ निस्केको छ । सो रकम गत आव २०७४÷७५ को अवधिको हो ।

राइनास नगरपालिकाको बेरुजु रकम आव २०७४÷७५ को अवधिमा २६ लाख ६२ हजार पाँच सय रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताए । उनका अनुसार सो रकम दुई वटा शीर्षकबाट निस्केको पाइएको छ । एउटा हो– ठेकेदारको वीमा प्रयोजन र अर्को बैठक भत्ताका बारेको रहेको छ । सो रकम क्रमशः २० हजार रुपैयाँ र २६ लाख ४२ हजार पाँच सय रुपैयाँ रहेको अधिकारीको भनाई छ ।

त्यस अघिल्ला आवहरूको भने बेरुजु नरहेको राइनास नगरपालिकाको लेखा शाखाले जनाएको छ । नगरपालिका बन्दा नगरमा गाभिएका गाविसहरूको समेत बेरुजु नरहेको भन्ने जानकारी प्राप्त भएको नगरपालिकाका लेखापाल सूर्यमान श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width