एनसेल फोरजीमा अब डबल डेटा

एजेन्सी
असार ३, २०७६
Ncell_Main Logo (1)_Fotor

एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ। जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन्।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले ७ दिन र ३० दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन्।

यो अफर जेठ ३० देखि लागू भएको कम्पनीले जनाएको छ। देशको १ हजार बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको २ साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याइएको जनाइएको छ।

सो योजनाअन्तर्गत ७ दिन समयसिमा भएको ५ सय एमबी डेटा र ३० दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनसस्वरुप पाउनेछन्। जस्तै ग्राहकले ३० दिन समयसिमा भएको ३ जिबी डेटा करसहित ४५३.३० मा खरिद गरेमा बोनसस्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन्।

यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन्।

त्यसैगरी, एनसेलका ग्राहकले ७ दिन समयसिमा भएको ५ सय एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन्। एनसेलका ग्राहकले ५ सय एमबी प्याक करसहित ९५.७७ मा सुचारु गर्न सक्छन्। यो अफरसँगै ग्राहकले ५ सय एमबी डेटाको शुल्कमा १ हजार एमबी डेटाको फाइदा लिन सक्नेछन्।

जसमा बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहुँच हुनुपर्छ। सात दिन वा ३९ दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ। एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन्। ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन्। सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरी १७१२३ मा एसएमएस पठाइ ३९ दिनको प्याक सुचारु गर्न सक्नेछन्।

ग्राहकलाई नेपालकै सबैभन्दा ठूलो फोरजी नेटवर्कको पहुँचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ। एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पूर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width