Worldlink ads

च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन

rss रासस
असार १, २०७६
masrum

लमही, १ असार । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ ।

स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गरेका हुन् । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भने “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि दाङका सबैले यहीबाट लिने गरेका छन ।”

शिक्षक पेशामा आबद्ध जिसीले विसं २०६० देखि च्याउखेती शुरु गरेपनि भर्खरै मात्रै च्याउको बीउ उत्पादन शुरु गरेका हुन । उनले बीउ उत्पादनबाटै मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेको बताए। “यसअघि मैले च्याउ उत्पादन फार्म सञ्चालन गरेको थिएँ”, उनले भने “तर अहिले च्याउको बीउ पनि उत्पादन गर्ने गरेको छु, च्याउको बीउबाट मात्रै मासिक रु एक लाख जति आम्दानी हुने गरेको छ ।”

उनले जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बीउ उत्पादन गर्ने गरेको बताए । एक हजार क्विन्टल गहुँको बीउबाट मासिक पाँच हजार पोका बीउ उत्पादन हुने जिसीको भनाइ छ ।

नेपालको नार्क र भारतको पन्तनगरबाट तीन महीनाको प्राविधिक ज्ञान हासिल गरेर च्याउको बीउ उत्पादन शुरु गरेको उनले बताए । उनले उत्पादन गरेको च्याउको बीउ दाङसहित प्यूठान, रुकुम, रोल्पा, सल्यान, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र धनगढीसम्मसमेत निर्यात हुने गरेको छ ।

जिसीको च्याउ फार्ममा अहिले तीनदेखि पाँच युवाले रोजगारीसमेत पाएका छन । स्वदेशमै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने सोच बनाएर यो पेशा अङ्गालेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

    • गाउँमै रोजगारी : परिवारमा खुशीयाली

      rss रासस माघ ११, २०७७
      बलेवा । बरेङ गाउँपालिका–२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्कनुहुन्छ । एक महिनादेखि उहाँको काम…
    • आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा। गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालिले महेन्द्रपुलमा थप शाखा बिस्तार गर्ने भएको छ । कम्पनी सञ्चालक महिलाउद्यमी चिनु गुरुङले…
    • विकास खर्च तीन वर्षयताकै कम

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      काठमाडौं ।  चालू आर्थिक वर्षको साउनदेखि मंसिरसम्म विकास खर्च पछिल्लो तीन वर्षयताकै कम भएको छ। चालू आवको पहिलो पाँच महिनामा…
    • पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पोखरा । पोखराको औद्योगिक विकासमा निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले सहमति जनाएका छन् । पोखरा उद्योग वाणिज्य…
    • कृषि विकास बैंकको वार्षिकोत्सव

      Avatar आदर्श समाज सम्वाददाता माघ ७, २०७७
      पोखरा । कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव अवसरमा बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले नयाँबजारमा वार्षिकोत्सव समारोह आयोजना गरेको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads