मन्टेसरी एशोसिएसनद्वारा शैक्षिक सामग्री वितरण

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७६
montessory_Fotor

मन्टेसरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सव अवसरमा पोखरा ३३, बागमारास्थित सरस्वती टीका माविमा रहेको बौद्धिक अपाङ्ग केन्द्रका बालबालिकालाई विभिन्न सामग्री वितरण गरिएको छ।

त्यस अवसरमा २४ जना बौद्धिक अपाङ्गता भएका बालबालिकालाई दुई/दुई जोर पोशाक, व्ल्याङ्केट, सिरानी, तन्ना र खाद्यान्नतर्फ बिस्कुट वितरण गरिएको थियो।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले सबै विद्यालय बालमैत्री बनाउनुपर्नेमा जोड दिँदै बालमैत्री पद्दतिबाट पठनपाठन गराउन आग्रह गरिन्। बौद्धिक अपाङ्गता भएका बालबालिका संवेदनशील हुने भएकाले उनीहरुको विशेष हेरचाह गर्नुपर्ने उनको भनाइ छ।

पोखरा महानगरपालिकाले अपाङ्गता भएकालाई परिचयपत्र वितरण गरिरहेको जानकारी दिँदै उपप्रमुख गुरुङले भनिन्, ‘आगामी वर्षको बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष बजेट व्यवस्था गरिनेछ। ’

वडाध्यक्ष शिवप्रसाद आचार्यले राज्यले विशेष ध्यान दिनुपर्ने क्षेत्रमा मन्टेश्वरी एशोसिएसनले सहयोग गरेको बताए। एशोसिएसन कास्की अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा लिटिल गाडेर्न मन्टेश्वरीका संस्थापक प्रिन्सिपल एवं कार्यक्रम संयोजक ऋतु पौडेल, बौद्धिक अपाङ्गता बालबालिका सेवा केन्द्र इञ्चार्ज श्रीधर आचार्यले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width