१५ जना किसानलाई ब्याड बोका वितरण

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०७६
Bakhra Bitaran

लमजुङ, ३० जेठ । लमजुङको दूधपोखरी गाउँपालिकाका १५ जना किसानलाई ब्याडको बोका वितरण गरिएको छ । ले व्यवसायिक बाख्रापालन गरेका किसानहरूलाई प्रजनन योज्ञ बिटल क्रस जातको ब्याड बोका वितरण गरेको हो ।

गाउँपालिका पशु सेवा शाखाको सिफारिसमा गाउँपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका बाख्रापालक किसानहरूले पालन गरेका बाख्रामा उत्पादन बढाउने र किसानको आयआर्जन व्यवसायमा सहयोग गर्न बोका वितरण गरिएको गाउँपालिका पशु सेवा शाखाका प्रमखु लोकराज कोइरालाले बताए । उनले भने– ‘किसानले बाख्रापालन त गरेका छन् । तर, उत्पादन क्षमता राम्रो छैन । त्यसैले किसानको मेहनत र समय व्यर्थ जस्तै भएको छ, हामीले किसानको समस्यालाई मध्यनजर गरी उत्पादन क्षमता बढी भएको बोका दिएका छौं ।’

व्याडको एउटा बोकालाई १५ हजार रुपैयाँ परेका दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए । उनका अनुसार उत्पादन बढाउने र हाडनाता नपर्ने गरी जिल्ला बाहिरबाट ल्याएर किसानलाई निःशुल्क अनुदानमा बोका वितरण गएिको हो । बोका पाउने किसानमा दूधपोखरी गाउँपालिका– १ घमारचोकका तोकबहादुर गुरुङ, वाडनं– २ विचौरका प्रेमप्रसाद दवाडी, बालकृष्ण दवाडी, रमेश दवाडी, वडानं– ३ का राम तामाङ, वडानं– ४ का राजु गुरुङ, गुमानसिंह तामाङ, आशमाया तामाङ, बमबहादुर तामाङ, वडानं– ५ का धनबहादुर गुरुङ, वडानं– ६ का मनबहादुर गुरुङ, धनप्रसाद गुरुङ, केरे गुरुङ, प्रेमबहादुर गुरुङ, धनराज थापामगरलाई ब्याड बोका वितरण गरिएको गुरुङको भनाई छ ।

उनका अनुसार दूधपोखरी गाउँपालिका– २ विचौरका प्रेमप्रसाद दवाडीले बाख्रालाई बाली लगाउने बोलामा ब्याड बोका खोज्दै हिँड्नु पर्ने बाध्यता अब टरेको बताए । उनले भने– ‘कहिले काँही पाउन समेत मुस्किल हुन्थ्यो । अहिले उन्नत जातको बोका पाएका छौं । यसले हाम्रो व्यवसायमा सहयोग गर्नेछ ।’

Related News

सम्बन्धित समाचार

hero news full width