बिरौटा सहकारीको मानव आश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७६
birauta sahakari_Fotor

पोखरा बिरौटामा संचालित बिरौटा बचत तथा ऋण सहकारी संस्था लि.ले पोखरा–१७, छोरेपाटनस्थित मानव सेवा आश्रमलाई शनिवार खाद्यान्न र विद्युतीय सामग्री सहयोग गरेको छ।

‘संस्थागत सामाजिक उत्तरदायिव र सेवा नै धर्म हो’ मान्यता आत्मसात गर्दै सहकारीको ११ औं वार्षिकोत्सव अवसरमा सो सहयोग गरेको जनाएको छ। आश्रमको आवश्यकतालाई ख्याल गरी सहयोग सामग्रीमा सिलिङ पङ्खा र खाद्यान्न समावेश गरिएको सहकारी उपाध्यक्ष एवं कार्यक्रम संयोजक टीकाप्रसाद पौडेलले जानकारी दिए।

सहकारी अध्यक्ष राजेन्द्र गुरुङले आश्रमका सह–संयोजक राजन सापकोटालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। सापकोटाले आश्रम स्थापना र विकासबारे जानकारी गराएका थिए। सहकारी अध्यक्ष गुरुङले सहकारीले आश्रमलाई सहयोग गर्नुको औचित्यबारे प्रष्ट पार्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रम संचालन सहकारी सचिव ओमप्रकाश बरालले गरेको व्यवस्थापक राम काफ्लेले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width