मेघा एफएमको छैटौं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
megha_Fotor

मेघा एफएम ९५.४ मेगाहर्जले स्थापनाको छैटौं वार्षिकोत्सव मनाएको छ।

प्रमुख अतिथि प्राडा यमबहादुर पौडेल क्षत्रीले अहिलेका समयमा एफएम संचालन गर्न निकै गाह्रो र चुनौतीपूर्ण रहेर पनि समाजमा उदाहरणीय काम गरेको बताए।

यस्तै, प्राज्ञ सूर्य खड्का बिखर्ची, समालोचक मदन भण्डारी, समाजसेवी विश्वमोहन गौचन, साहित्यकार रमा प्राशर र नवगायिका कमला श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए।

एफएम अध्यक्ष शिक्षासेवी तथा साहित्यकार क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अलौकिक कवि देशभक्तसिंह कुँवरले अत्यन्तै जटिल परिस्थितिमा पनि समाज परिवर्तनका लागि आफू निरन्तर लागिपरेको बताए।

कार्यक्रममा स्वागत एफएम कार्यक्रम प्रस्तोता समीक्षा अधिकारी र संचालन स्टेशन म्यानेजर तिर्सनालक्ष्मी गुरुङले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width