कैलाश विकास बैंकद्वारा साइकल वितरण

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७६

पोखरा, २९ वैशाख । कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको बार्षिक उत्सवको उपलक्ष्यमा बिधालयलाई साईकल वितरण गरेको छ ।

बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १२, बेलहा स्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का उकृष्ठ बिद्यार्थिलाई साईकल वितरण गरेको हो । साथै बैकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलाली शाखाले शनिबार घरदैलो कर्यक्रम गरि स्थानीय जनतालाई बित्तीय साक्षरता सम्बन्धी जानकारी दिएको बताइएको छ । आगामी दिनहरुमा पनि बैकले यस किसिमका सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

देशभर ९६ बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ । एजेन्सी

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रमुख समाचार

आफ्नै नेतालाई गालीगरेर बलियो भइदैन – मुख्यमन्त्री गुरुङ

थप प्रमुख समाचार