पोखरा, २९ वैशाख । ग्रीन डेभलपमेन्ट बैंङ्कले पोखरा–२, बाग्लुङ्ग बसपार्कमा शाखा स्थापना गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २ का अध्यक्ष रामेश्वर मल्ल , बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठ र बैंङ्कका शेयरधनी दीपशंकर श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन । सो अवसरमा वडा अध्यक्ष मल्लले वडाका विभिन्न आर्थिक गतिविधिहरुमा बैंङ्कसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
बैंङ्कका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंङ्कका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य तथा बैंङ्कका संस्थापक शेयरधनी दीपशंकर श्रेष्ठले बैंङ्कको भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।
सोही अवसरमा बैङ्कको केन्द्रीय कार्यालय पोखरा– ८ सभागृहमा स्थानान्तरणको क्रममा रहेको तथा बैंङ्कले विभिन्न उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कर्जाहरु उपलब्ध गराउनुका साथै विभिन्न बचत तथा मुद्धती निक्षेपमा आकर्षक ब्याजदर प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन
पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो
चाडपर्वको मुखमा घट्यो इन्धनको मूल्य
भट्टराई एण्ड ब्रदर्श सप्लायर्सले भित्रायो पोखरामा नाम्मी इभी
hero news full width
मुख्य समाचार
मनाङमा पर्यटक चहलपहल बढ्यो
जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१