पेट्रोलियम पदार्थको मूल्यवृद्धि

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७६
petrol

पोखरा, १९ वैशाख। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै, डिजेल र मट्टितेल अब लिटरको ९८ रुपैयाँ पर्नेछ।

Related News

सम्बन्धित समाचार

hero news full width