पाल्पा ६ बैशाख । पाल्पाका व्यावसायिक बाख्रा पालक किसानलाई व्यवस्थित गर्न स्थलगत तालिम संचालन गरिएको छ ।
बाख्रामा लाग्ने रोग, पोषण, खोर सुधार, घाँस व्यवस्थापन, नश्लसुधार, आवश्यक खोप र व्यवसायिक बाख्रा पालनलाई आवश्यक पर्ने सीप प्रदान गरिएको छ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनले नेपाल व्यवसायिक बाख्रा पालक महासंघको समन्वयमा पाल्पासंगै प्रदेश नंं. ५ का ६ जिल्लामा यस्तो तालिम संचालनमा ल्याएको हो ।
वरिष्ठ पशु चिकित्सक डा चन्द राना, आयोजनका पुश चिकित्सक लोकराज भुषाल, महासंघका सचिव मुक्तिनाथ पोखरेलले सहजीकरण गरेका थिए । तालिमसंगै हरेक जिल्लामा बाख्रा पालनलाई बृद्धि गदै व्यवसायीहरुको हकहितका लागि जिल्लास्तरीय समिति समेत गठन गरिएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजन नेपालका २८ जिल्लामा बाख्रा पालन, गाईभैसी पालन र च्याङ्ग्राको पश्मिना उत्पादनमा बृद्धि गर्ने ४ वटा विकेन्द्रिकृत सहयोग इकाई स्थापना गरेर काम गरिहेको बुटवल इकाईका लोकराज भुषालले बताए ।
बुटवल इकाई अन्र्तगत रुपन्देही, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, पाल्पा र बर्दिया जिल्ला रहेका छन् । उत्पादकत्व बृद्धि गदै दुध, खसीबोकाको मासुको आत्मनिर्भरताको साथै पश्मिनाको निर्यात प्रवद्र्धनमा आयोजनाले सहयोग पु¥याउने विश्वास लिएको छ ।
साना तथा मझौला कृषक केन्द्रित आयोजनाको अवधिभरमा पुरक अनुदानको कार्यक्रमबाट ५ सय जना उद्यमीहरु र पशु सेवा प्रसार कार्यक्रमबाट २ लाख कृषक परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । आयोजनाले स्थानीय तहको समन्वयमा कृषक समूह, सहकारी र निजीक्षेत्रसंगको सहकार्यमा पशु सेवा क्षेत्रमा नवीनता प्रवद्र्धन तथा पशु सेवा प्रवाहको आधुनिकीकरणमा जोड दिने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१