पोखरा, ५ वैशाख। एनएमबी बैंकले ‘एक घर, एक खाता’ अभियान परिस्कृत ढंगले अघि बढाएको छ। खोलौं बैंक खाता अभियान–२०७६ अन्तर्गत सबैका लागि बचत, सधैका लागि साहारा भन्ने नाराका साथ उक्त अभियान अघि सारेको हो।
पोखरामा विहीवारमा आयोजित पत्रकार सम्मेलनमा सहारा बचत खाता अन्तर्गत एक सय जम्मा हुने गरी निःशुल्क खाता खोल्न सकिने जनाएको छ।
यो खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण हुने छ। जसले खातावालाको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निष्कृयता, लिभर रोग लगायत विविध १८ घातक रोग लागेमा खातावाला वा हकवालालाई अधिकतम् १० लाखसम्मको रकम उपलब्ध गराइने एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख अमृतराज बास्तोलाले बताए।
उनले एनएमबी बैंकमा सहारा बचत खातामा सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क इन्टरनेट बैंकिङ्गका साथै डिलाइट एटिम कार्डका माध्यमबाट नेपालभरी रहेका जुनसुकै बैंकका एटिम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने जानकारी दिए।
पत्रकार सम्मेलनमा एनएमबी बैंक पोखरा शाखा प्रमुख बलराम गिरीले बैंकले गाउँ टोलमा विभिन्न वित्तीय साक्षरता तालिम दिँदै सेयरमा लगानी गर्न प्रोत्साहन गरेको उल्लेख गरे।
उनले सरकारले भन्दै आएको जनताको लगानी नीतिलाई साकार बनाउन समेत बैंकले भूमिका खेलेको बताए।
विगत २४ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा योगदान दिँदै आएको एनएमबी बैंक सन २०१७/१८ मा लगातार बैंक अफ दि इएर अवार्डबाट सम्मानित बैंक हो।
ग्लोबल अलायन्स फर बैंकि· अन भ्यालुजको नेपालबाट एक मात्र सदस्य रहेको यस बैंकको हाल एक सय १० शाखा, चार एक्स्टेन्सन काउण्टर, ९९ एटिम तथा अन्य वैकल्पिक बैंकि· सुविधा मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९