एनएमबी बैंकको ‘एक घर एक खाता’

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७६

पोखरा, ५ वैशाख। एनएमबी बैंकले ‘एक घर, एक खाता’ अभियान परिस्कृत ढंगले अघि बढाएको छ। खोलौं बैंक खाता अभियान–२०७६ अन्तर्गत सबैका लागि बचत, सधैका लागि साहारा भन्ने नाराका साथ उक्त अभियान अघि सारेको हो।

पोखरामा विहीवारमा आयोजित पत्रकार सम्मेलनमा सहारा बचत खाता अन्तर्गत एक सय जम्मा हुने गरी निःशुल्क खाता खोल्न सकिने जनाएको छ।

यो खातामा प्रत्येक ग्राहकको अग्रिम बीमा सुरक्षण हुने छ। जसले खातावालाको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा वा क्यान्सर, किड्नी निष्कृयता, लिभर रोग लगायत विविध १८ घातक रोग लागेमा खातावाला वा हकवालालाई अधिकतम् १० लाखसम्मको रकम उपलब्ध गराइने एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख अमृतराज बास्तोलाले बताए।

उनले एनएमबी बैंकमा सहारा बचत खातामा सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क इन्टरनेट बैंकिङ्गका साथै डिलाइट एटिम कार्डका माध्यमबाट नेपालभरी रहेका जुनसुकै बैंकका एटिम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने जानकारी दिए।

पत्रकार सम्मेलनमा एनएमबी बैंक पोखरा शाखा प्रमुख बलराम गिरीले बैंकले गाउँ टोलमा विभिन्न वित्तीय साक्षरता तालिम दिँदै सेयरमा लगानी गर्न प्रोत्साहन गरेको उल्लेख गरे।

उनले सरकारले भन्दै आएको जनताको लगानी नीतिलाई साकार बनाउन समेत बैंकले भूमिका खेलेको बताए।

विगत २४ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा योगदान दिँदै आएको एनएमबी बैंक सन २०१७/१८ मा लगातार बैंक अफ दि इएर अवार्डबाट सम्मानित बैंक हो।

ग्लोबल अलायन्स फर बैंकि· अन भ्यालुजको नेपालबाट एक मात्र सदस्य रहेको यस बैंकको हाल एक सय १० शाखा, चार एक्स्टेन्सन काउण्टर, ९९ एटिम तथा अन्य वैकल्पिक बैंकि· सुविधा मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

मुक्तिनाथको सञ्चालन मुनाफा १ अर्ब २२ करोड

६ स्थानीय तहले उठाए ५ करोड राजश्व

महिलाको लागि सेनेटरी प्याड तालिम

प्रमुख समाचार

परिवर्तन बिरोधीहरु राजतन्त्र फर्काउने कसरतमा छन्– नेपाल