४५ अर्ब बराबरको औषधि कारोवार

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७६
57504209_668667670247947_578635560533360640_n

पोखरा, ५ बैशाख । नेपाल भित्र वार्षिक ४५ अर्ब रुपैयाँ बराबरको औषधि कारोवार हुने गरेको छ ।

नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा विहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले उक्त जानकारी दिएका हुन् । देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको पनि उनले सुनाए ।

गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पु¥याउने उद्देश्यका साथ सङ्घको स्थापना भएको बताउँदै उनले प्रादेशिक संरचनामा आधारित संशोधित विधानअनुसार राष्ट्रिय अधिवेशन गर्न लागिएको जानकारी दिए । अधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि देशभरबाट २७० प्रतिनिधिले मतदानमा भाग लिने सङ्घले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width