एनआईसी एशिया बैंकले ल्यायो चमात्कारिक योजना

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५
56524984_2239952609665591_1876535953959419904_n

पोखरा, २२ चैत । एनआईसी एशिया बेंकले १५ नयाँ बचत निक्षप योजनाहरु एकै साथ सार्वजनिक गरेको छ ।

उक्त बैंकको पोखरा सभागृह चोक स्थित प्रदेश कार्यालयले शुक्रवार त्यस्तो योजना सार्वजनिक गरेको हो । योजनाका चमत्कारिक खाता अन्तरगत बचत खाता, जेष्ठ नागरिक, बाबुनानी, नारी, विद्याथी, स्वरोजगार तथा कर्मचारीलाई लक्षितगरी चमत्कारिक तलव बचत खाता लगायत छन् ।

माथि उल्लेखित योजनामा ग्राहकले १५ लाख सम्मको दुर्घटना बीमा, १५ लाख रुपैयाँ सम्मको १८ घातक रोगहरुको बीमा र एक लाख ५० हजार रुपैयाँको औषधि उपचार सुविधा प्राप्त गर्न सक्ने उक्त बैंक प्रदेश कार्यालय पोखराका प्रवन्धक दीपेन्द्र शर्माले बताए ।

कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी २२ चमात्कारिक फाइदाहरु सहित ल्याइएका उक्त योजनाहरु बैंकका दैशैभरीका १८१ वटा शाखावाट सेवा लिन सक्ने जानकारी शर्माले दिए । साथै बैंकले अतिरिक्त फाइदाहरु प्रदान गर्ने उदेश्यले सुन तथा चाँदीका सिक्का प्रदान, घरमै बैंकिङ सुविधा, अग्र्रिम तलव प्रदान गर्ने क्रेडिटकार्डको सुविधा प्रदान रहेको जानकारी संचारकर्मीहरुलाई दिइएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads