खैरेनीटार, २० चैत । कृषि तथा पर्यटन प्रवद्र्धन, कला, सीप र संस्कृतिको संरक्षण गर्ने उदेश्यले खैरेनीटार महोत्सव गरिने भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको संयुक्त आयोजनामा उक्त महोत्सव गर्न लागिएको बुधवार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । महोत्सव यही चैत २२ देखि वैशाख दुई गतेसम्म चल्ने छ ।
उक्त महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने भएका छन् । महोत्सव अवधिभर चार करोड पचास लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने र दुई लाख भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सव प्रचार प्रसार संयोजक हरिबहादुर थापाले जानकारी दिए ।
महोत्सववाट हुने मुनाफावाट सामाजिक विकास कोष निर्माण गरी समाज सेवामा खर्च गरिने समेत निर्माण गरिने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संरक्षक मानकजी श्रेष्ठले जानकारी दिए । महोत्सवमा विभिन्न प्रतियोगितामा उत्कृष्ट र विजेतालाई पुरस्कारको व्यवस्था समेत गरिएको बताइएको छ ।
महोत्सवमा विज्ञान प्रदर्शनी, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय हास्य कलाकारहरुको प्रस्तुती रहने, जस्ता जानकारी समेत गराएइएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१