पोखरा, १५ चैत । चौथो गोर्खा भूतपूर्व सैनिक गोल्ड कप रनिङ शिल्ड बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारदेखि शुरु भएको छ ।
गण्डकी प्रदेश भूतपूर्व सेनिक खेलाडी संघ, पोखराको आयोजनामा शुरु भएको प्रतियोगिता २४ टिमको सहभागिता छ । पीपीओ पोखरा रामबजारका सीओ कर्णेल प्रतिक शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कर्णेल शर्माले मुख्य रेफ्री विजय मल्ललाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै कर्णेल शर्माले गोर्खा सैनिकले भारतीय राष्ट्रिय सुरक्षामा ठूलो योगदान पु¥याएको चर्चा गरे । सेवा निवृत्तपछि पनि खेलकुदको माध्यमद्धारा भारतीय गोर्खा सैनिकहरुले शारिरीक तन्दुरुस्तीमा जोड दिएको बताए । खेलकुदले शरीर र टिम स्पिरिटलाई कायम राख्ने उनको भनाई थियो । कर्णेल शर्माले भारतीय गोर्खा सैनिकहरुको सांगठनिक गतिविधिलाई भारत सरकारले समेत सहयोग र समर्थन गर्ने बताए ।
गण्डकी प्रदेश भूतपूर्व सैनिक खेलाडी संघका अध्यक्ष क्या. प्रेमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार ले.धर्मबहादुर क्षत्रीले स्वागत र संचारकर्मी रोशनी गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको उद्घाटन खेलमा सेकेण्ड थर्ड गोर्खा राइफल्सले थर्ड फाइभ गोर्खा राइफल्समाथि ४२–३१ को जित निकाल्यो ।
Related News
सम्बन्धित समाचार
पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु
टेनिसमा च्याम्पियन
टेनिसमा च्याम्पियन
भानुभक्त आवासीय माविमा खेलकुद
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०