पोखरा, ५ चैत। पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जा कम खपत गरी प्रतिष्पर्धी क्षमता वृद्धि गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।
पोखरामा सोमबार आयोजित कार्यक्रममा उनले उर्जाको चुहाबट नियन्त्रणतर्फ पनि ध्यान पुर्याउनु पनेर्मा जोड दिएका हुन्।
पेखरा उद्योग वाणिज्य संघले राष्ट्रिय वाणिज्य बैंक तथा जर्मन विकास बैंक एवं नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा सोमबार आयोजना गरेको उर्जा बचत तथा अनुदानबारे जानकारी दिन सो कार्यक्रम गरेको हो।
जर्मन सहयोग संस्था (जिआइजेड) उर्जा बचतमा अनुदान परियोजनाको सहयोगी संस्था हो।
जर्मन विकास बैंकमार्फत आउने सो अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकले प्रबाह गनेर्गर्छ। ठूला, साना र मझौला सबैखाले उद्योग/व्यवसायमा उर्जा बचतको लागि यो परियोजनामार्फत लागतको ३९ प्रतिशतसम्म अनुदानको व्यवस्था रहेको छ।
उर्जा बचतमा अनुदान परियोजनाबाट लाभ लिन उद्योगी/व्यवसायीहरूले आफ्नो प्रतिष्ठानले खपत गर्ने उर्जाअडिट रिपोर्ट पेश गर्नुका साथै ५० लाखभन्दा बढी लगानी भएका उद्योगहरूले बैंकबाट ऋण समेत लिएको हुनुपनेर्छ।
१० लाख लगानी भएका उद्योगलाई उर्जा बचतको लागि ३० प्रतिशत, मझौला उद्योगलाई २० र ठूला उद्योगको हकमा १५ प्रतिशत अनुदानको व्यवस्था गरिएका राष्ट्रिय वाणिज्य बैंकका कपोर्रेट तथा सेल्स बिभाग प्रमुख संजयकुमार श्रेष्ठले जानकारी दिए।
बैंकमार्फत अनुदान माग गरेमा थप ५ प्रतिशत अनुदान थपिने छ।
संघका महासचिव अर्जुन पोखरेलले उर्जा अडिटले चुहाबट नियन्त्रण गरी लागत घटाउन मद्धत पुर्याउने भएकोले यो परियोजनाबाट लाभ लिन उद्योगी व्यवसायीलाई आग्रह गरे।
Related News
सम्बन्धित समाचार
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
लेखनाथ महोत्सव तयारी तीव्र
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
लेखनाथ महोत्सवका ६० प्रतिशत स्टल बुकिङ
औद्योगिक व्यापार मेला २१ मंसिरदेखि
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०