पर्वत, २२ फागुन । समुहमा वचत संकलन, आयआर्जन तथा क्षमता विकासका विभिन्न कार्यक्रम गर्दै आएका उद्यमशिल युवा महिलाहरुका लागि पर्वतको ठुलीपोखरीमा सञ्चालित ३ दिने लेखा व्यवस्थापन तालिम बुधवार सम्पन्न भएको छ ।
इन्प्रेड नेपाल पर्वतले प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरेको युवा महिला शसक्तिकरण परियोजना अन्तरगत सञ्चालित तालिममा कुश्मा नगरपालिका वडा नं. १२, १३ र १४ का २० जना उद्यमी किशोरीहरुको सहभागिता रहेको थियो ।
समुहमा काम गरेर सहकारी स्थापना गरेका उद्यमी महिलाहरुलाई आफै आफ्नो हिसाव व्यवस्थित गर्न सहयोग गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । युवा महिलाहरुले समुहमार्फत कुखुरापालन, तरकारी खेती, बाख्रापालन गरेर आयआर्जन गर्न थालेपछि सहकारी गठन गरेर आर्थिक व्यवस्थापन गरेका छन् ।
खौला लाँकुरी महिला वचत तथा ऋण सहकारी संस्था र लालिगुरास कृषि सहकारी संस्था गठन गरेर वचत संकलन लगायत आयआर्जनका काम गरेका युवा महिलाहरुले लेखा तालिमले आफुहरुलाई हिसाव व्यवस्थित रुपमा राख्न सहयोग पुग्ने बताएका छन् ।
तालिमका प्र्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संस्थाको आयव्ययलाई शुरुदेखि नै व्यवस्थित रुपमा राख्नका लागि लेखा तालिम आवश्यक हुने बताए ।
सहकारीमा आवद्ध युवा महिलाहरुलाई वित्तीय व्यवस्थापनका बारेमा जानकारी गराउनका लागि आयोजित तालिममा लेखाको परिचय, सहकारीमा लेखाको महत्व, लेखाका विशेषता, आवश्यकता सहित सहकारीमा लेखा राख्ने तरिका लगायतका विषयमा सहजीकरण गरिएको इन्प्रेड नेपाल पर्वतका सामाजिक परिचालक भोजराज भुषालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०