लुम्बिनी विकास बैंकमा सुशील

Avatar एजेन्सी
फागुन २०, २०७५
lumbini _Fotor

पोखरा, १९ फागुन। लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा सुशीलराज पराजुली चयन भएका छन्। बैंकको सञ्चालक समिति बैठकले पराजुलीलाई सर्वसम्मत सञ्चालक समितिको अध्यक्ष चयन गरेको हो । नवनियुक्त अध्यक्ष पराजुलीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका कार्यकारी निदेर्शक नारायणप्रसाद पौडेलवाट आइतबार पद तथा गोपनीयताको सपथग्रहण गरेका छन्।

उक्त अवसरमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निदेर्शक बमबहादुर मिश्र, कामु निदेर्शक वीरेन्द्रदत्त अवस्थी, लुम्बिनी विकास बैंकका सञ्चालक प्रवीणकृष्ण श्रेष्ठ, सञ्चालक प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, तथा कम्पनी सचिव हरिकृष्ण सुवेदीको उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads