पोखरा, ६ फागुन। प्रिमियर मोटर्स प्रालि पोखराले निशानको नयाँ गाडी ‘किक्स’ बजारमा ल्याएको छ। कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाइ पाउने दाबी समेत गरेको छ।
किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दाबी प्रालिका प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले सोमबार संयुक्त रुपमा किक्स गाडी लञ्च गरे। साथै सोही दिन पाँचवटा किक्स गाडी बुकिङ समेत भएको छ ।
किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियर कम्पनीको छ। उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए।
सो किक्स गाडीमा ८ इञ्च टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ। साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कार्यक्रममा जानकारी दिइयो।
यो एसयुभी गाडी डिजेल इञ्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल इञ्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन्। यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए।
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ डाइनामिक्सलाई परिपूरकको काम गरेको छ। नयाँ निशान किक्सको पेट्रोल इञ्जिनमा १.५ एचफोरकेको ५ स्पीड,म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ।
किक्सको माइलेज क्षमतालाई अति नै उत्तम मानिएको छ। पेट्रोल इञ्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इञ्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरिसकेको कम्पनीको भनाइ छ।
एक्सटेरियर निकै प्रिमियम खालको रहेको र ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट रहेको कम्पनीको दाबी छ । प्रतिस्पर्धी बजारमा मूल्य हिसाबले पनि किक्स गाडी विशेष रहने बताइन्छ ।
Related News
सम्बन्धित समाचार
पाल्पा हाउस प्रालिको दोस्रो साधारण सभा
गण्डकीमा बिमाको पहुँच निकै कम
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
शीतल सहकारीको १४ औं सभा
एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०