गरिमा विकास बैंकको एकैदिन ६ नयाँ शाखा शुभारम्भ

Avatar एजेन्सी
फागुन ६, २०७५

पोखरा, ५ फागुन। गरिमा विकास बैंकले आईतबार चितवनको टाडी र कञ्चनपुरको महेन्द्रनगर शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको छ।

टाडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख सुुशीलाचन्द सिंहले गरेका थिए।  बैंकले आईतबारबाट चितनवको टाडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ७२ शाखा कार्यालय सञ्चालनमा रहेका छन भने विकास बैंकले निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जा पर्साको बीरगञ्ज र दा·को तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्ने तयारी रहेको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

बगनासकालीलाई बालमैत्री बनाइने

तिनाउको कृषि केन्द्रित कार्यक्रम

तीनै तहका सरकारको लक्ष्य एउटै – मन्त्री गुरुङ्ग

सुन्दर बजारको बजेट ५४ करोड

राइनासको बेरुजु २७ लाख

प्रमुख समाचार

एसइईको नतिजा विहीवार साँझ हुने

थप प्रमुख समाचार

पर्यटकीय स्थल टोड्केमा ३ करोड बढीको रिसोर्ट

बगनासकालीलाई बालमैत्री बनाइने

तिनाउको कृषि केन्द्रित कार्यक्रम