गलेश्वर, २ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक ५० लाख रुपैयाँसम्म कमाउन सफल भएका छन्।
गाउँका सबै कृषकले केरा खेती गरेका छन्। करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ। धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा यहाँका कृषकले केरा खेती गरेको डेढ वर्षमै लाखौँ रुपैयाँ आम्दानी लिन थालेका छन्।
अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने केरा खेती आम्दानीको गतिलो माध्यम बनेको स्थानीय कृषकले बताएका छन्। खबराका अगुवा कृषक शोभित सापकोटाका अनुसार यहाँका कृषकले केरा बेचेर मात्रै गाउँमा वार्षिक ५० लाख आम्दानी गरेका छन्।
केही वर्षअघिसम्म परम्परागत खाद्यान्न बालीको खेती हुने खबरा अहिले केराको बगैँचामा परिणत भएको छ। अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको अगुवा कृषक नारायण सापकोटाले बताए।
यहाँका सबै कृषकले केरा खेती गरेका छन्। गाउँको करीब १८ हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ। सापकोटाका अनुसार विगत तीन वर्षदेखि यहाँका कृषकले व्यावसायिक केरा खेती शुरु गरेका हुन्। करीब १५० घरधुरीको बसोबास रहेको खबराका बासिन्दाले केही वर्षयता खेतबारी, कान्ला, खोल्सा, खरबारी जताततै केरा खेती गरेका छन्।
खबराकी जाँगरिली महिला तारा कुँवरको जीवनस्तर पनि केरा खेतीबाटै फेरिएको छ। वार्षिक तीन लाखको केरा बिक्री गर्दै आएकी कुँवरले केरासँगै तरकारी खेती पनि गरेकी छन्।
‘वार्षिक २ लाखदेखि ३ लाखसम्म केरा बेचेर कमाइ हुन्छ, यहाँको आम्दानीको मुख्य माध्यम भनेकै केरा खेती हो,’ कुँवरले भनिन्, ‘करीब ५० घरले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन्। १०/१५ घारी केरा नलगाएको घर नै छैन।’ मानबहादुर थापा, बलबहादुर कुँवर, घनश्याम सापकोटालगायत केही कृषकले पाँच वर्षअघि खबरामा हजारी जातको केरा गाउँमा ल्याएका थिए।
मजदुर अभावमा खाद्यबाली हुने जमीन बाँझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी बलबहादुर कुँवरले बताए ।
‘केरा बेचेर वार्षिक ५० हजारदेखि ६० हजार आम्दानी नगर्ने खबरामा कुनै घर नै छैन,’ कुँवरले भनिन्, ‘ दैनिक पाँचभारीका अनुपातमा खबराबाट बेनीमा केरा बिक्रीका लागि ल्याउने गरेका छन्।’ पकाएको प्रति १२ कोसाको मूल्य १ सयका दरले बिक्री हुने गरेको छ। एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन्।
बेनी नगरपालिकाले खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडाध्यक्ष हीराबहादुर थापाले बताए। केराखेतीसम्बन्धी कार्यक्रमका लागि यस वर्ष पनि तीन लाख विनियोजन भएको छ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
hero news full width
मुख्य समाचार
नाइकेको विषयमा कारागार भित्रै झडप
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
फागुन १६, २०७७देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७