पोखरा, २९ माघ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले अर्धवार्षिक समीक्षा तथा शाखा प्रमुखहरुको क्षमता अभिवृद्घि तालिम सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको कार्यक्रममा वित्तीय संस्थाका २६ वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वित्तीय संस्था अध्यक्ष रमेशकुमार कर्माचार्यले इमान्दार र मेहनति व्यक्तिको छनौट गरेर आवश्यक कर्जा मात्र प्रदान गर्ने, कर्जाको सदुपयोगितामा ध्यान दिने गरेमा पनि कर्जाको भाखा नाग्ने अवस्थाबाट बच्न सकिने, कर्जाको भाखा नाग्न नदिएमा कर्मचारीलाई काम गर्न समेत सजिलो हुने बताए। वित्तीय संस्थाले प्रवाह गरेको कर्जाबाट कृषक र व्यवसायीहरुलाई आयआर्जन भएको अवस्थामा लघुवित्त संस्थाहरुको कर्जा सुरक्षित हुने समेत अध्यक्ष कर्माचार्यले बताए। कर्जा सूचना केन्द्रबाट कर्जाको सूचना लिने र दिने व्यवस्थाको पालना गरेर राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेर कर्जा प्रवाह गर्नुपर्ने, वित्तीय संस्थाका नीतिहरुको अधिनमा रहेर काम गरेमा पनि सम्भावित जोखिम कम हुने, व्यक्तिगत स्वभाव फरक–फरक हुने भएकोले कर्मचारीहरुको मूल्यांकन गर्दा बस्तुगत सोच प्रयोग गर्नुपर्ने र पछिल्ला दिनमा लघुवित्त क्षेत्रमा कर्जाको भाखा नाघ्ने दर बढी देखिएकोमा सजग भएर कारोबार गर्नुपर्ने जस्ता विषयबारे प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले बताए।
शाखा प्रमुखबाट आफ्ना शाखाहरुको प्रगति विवरण, समस्या र समाधान उपायबारे प्रस्तुति गरिएको कार्यक्रममा विभागीय प्रमुख नयन देवकोटा, प्रेमप्रसाद आचार्य, रमेश बस्याल, भीमसेन माझी र पवित्रा कोइरालाले लेखा व्यवस्थापन, भाखा नाघेको कर्जाको व्यवस्थापन, भाखा नाग्न नदिने उपायहरुको खोजी, कर्जा सूचना केन्द्रबाट कर्जा सूचना लिने, कर्जाको सूचना दिने, कर्मचारी मूल्यांकन, फिल्ड व्यवस्थापन लगायतबारे सहजीकरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पाल्पा हाउस प्रालिको दोस्रो साधारण सभा
गण्डकीमा बिमाको पहुँच निकै कम
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
शीतल सहकारीको १४ औं सभा
एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०