ओमद्वारा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
om bank photo 23_Fotor

लेखनाथ, २३ माघ। ओम डेभलपमेन्ट बैंक लिमिटेड लेखनाथ शाखाले बुधबार अर्घौस्थित लक्ष्मी माविका विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई सर्वसाधारण मानिसलाई कसरी वित्तीय पहुँच पुर्याउने र बैंकबाट प्राप्त हुन सक्ने वित्तीय सेवा सुविधा लिन उत्प्रेरित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवस्थापन संकायमा अध्ययनरत छात्रछात्रालाई वित्तीय साक्षरतासम्बन्धी ज्ञान दिइएको थियो।

कार्यक्रममा बैंकको उत्पत्ति, बैंकका कार्यहरु, बचत गर्ने तरिका र उद्यमशीलताको विकास लगायत विषयवस्तुबारे जानकारी गराइएको थियो।

उक्त कार्यक्रमको सञ्चालन ओम डेभलपमेन्ट बैंक लेखनाथ शाखाका प्रबन्धक रसवीन्द्र अधिकारीले गरेका थिए भने प्रशिक्षण बैंकको मुख्य शाखाका प्रबन्धक सुदीप पौडेल र असुली शाखा प्रमुख बुद्धिसागर भण्डारीले गरेका थिए।

कार्यक्रममा १२ कक्षामा अध्ययनरत करिब ५० जना विद्यार्थीको सहभागिता रहेको थियो।

Related News

सम्बन्धित समाचार

  • भाउ सस्तियो, व्यापार बढ्यो

    रासस असाेज २२, २०८१
    गलकोट । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सर्वेश्वर–पराजुलीमार्गमा मिनी मेला

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा ठूलो होलसेल बजार सर्वेश्वर–पराजुलीमार्गमा चाडपर्वलक्षित मिनी मेला सुरु भएको छ । दशैँ, तिहार, नेपाल संवत् तथा…
  • पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १९, २०८१
    पोखरा । दशैँतिहार लगायतका ठूला चाडपर्व भित्रिँदा व्यापारीले अनेक प्रकारले उपभोक्ता ठगी गर्न सक्ने भएकाले पोखरामा अनुगमन थालिएको छ ।…
  • ‘मीठो अचार दिदीबहिनी समूह’ तदर्थ समिति गठन

    आदर्श समाज सम्वाददाता असाेज १५, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालअन्तर्गत रिजन–१४ को जोन–२८ का ३ क्लबको आयोजनामा अचार बनाउने तालिम दिइएको छ…

hero news full width