पोखरा, २१ माघ । बढी शुल्क लिएको गुनासो गर्दै विद्यार्थी आन्दोलित भएपछि गण्डकी मेडिकल कलेज, पोखरामा तनावमा छ। इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) ले तोकेभन्दा बढी रकम कलेजलाई बुझाउनुपरेको विद्यार्थीको गुनासो छ।
नर्सिङततर्फ आईओएमले ४ वर्षका लागि ७ लाख ४८ हजार र एमबीबीएसतर्फ ५ वर्षका लागि ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ। तर कलेजले आईओएमको मापदण्डभन्दा ५ देखि १५ लाख रुपैयाँ बढी रकम मागेको छ। ‘आईओएमले स्पष्ट खुलाएरै पढाइ शुल्क तोकेको छ,’ एक विद्यार्थीले भने, ‘कलेज चाहीँ त्यो शुल्कमा पढाउन मान्दैन। विभिन्न डर र धम्की देखाएर विद्यार्थीलाई लुट्ने काम भयो। हामी तोकेभन्दा बढी रकम तिदैर्नौं।’
‘आईओएमले भनेको पैसा जम्मा गरेपछि हामी कलेज भर्ना भयौं। तर कलेजले एक्स्ट्रा चार्ज मागिरहेको छ,’ अर्का विद्यार्थीले भने, ‘प्रशासनलाई जानकारी गराउँदा पनि चासो दिएन। अब अस्पताल बन्द गरेरै आन्दोलनमा उत्रिनुपर्ने बाध्यता छ।’
अबैध रुपमा लिइएको शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका छन्। यसअघि विहीवार तालाबन्दी गरे पनि परीक्षाका कारण खोलिएको थियो। सोमबारबाट परीक्षा सकिएको भन्दै पुनः तालाबन्दी गरिदिएका हुन्। उनीहरुले सोमबार अस्पताल घेरेका छन्। कलेजमा अध्ययनरत एमबीबीएस, बीडीडएस, बीएनएलटी, बीएस्सी नर्सिङ र बीएनएस संकायका विद्यार्थीले हात समातेर आधा घण्टाजति नयाँबजारमा रहेको अस्पताल घेराउ गरे। उनीहरुले अवैधानिक रुपमा लिएका सबै शुल्क खारेजी र यसअघि लिइएको रकम फिर्ता गर्न माग गरेका छन्। विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा पनि घटनाबारे छानबिन गरी रकम फिर्ता गराइदिन उजुरी दिएका छन्। सरकारको नियमविपरीत रसिदबिनै मनपरी पैसा असुलेको उनीहरुको आरोप छ। वार्षिक एकैजना विद्यार्थीबाट संकायअनुसार १ देखि साढे ३ लाख रुपैयाँसम्म बढी रकम असुलेको उनीहरुले बताए।
विरोधस्वरुप उनीहरुले अस्पतालदेखि न्यूरोडहुँदै नयाँबजारसम्म विरोध ¥याली समेत निकाले। ‘२/५ हजार कसैले भ्रष्टाचार भयो भने चौतर्फी विरोध हुन्छ। ठूला हेडलाइनमा समाचार बन्छन्,’ कलेजमा अध्ययनरत विद्यार्थी भन्छन्, ‘शिक्षाको नाममा कलेजले गरेको करोडौं भ्रष्टाचार न प्रहरीले देख्यो। न अख्तियारले। हामी विद्यार्थी मर्कामा परेको देख्ने कोही भएन।’
विद्यार्थी आन्दोलित भएपछि कास्की जिल्ला प्रशासनले विद्यार्थी र कलेजसँग छुट्टाछुट्टै परामर्श लिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले विद्यार्थीको उजुरी अनुसार तोकिएको शुल्कभन्दा बढी रकम कलेजले कुन अधिकार प्रयोग गरी लिएको स्पष्ट पार्न समय दिएको बताए। उनले गलत तरिकाले रकम असुलेको भेटिए कारबाहीको प्रक्रियामा लैजाने बताएका छन्। ‘कलेजले बढी रकम लिए प्रशासनमा उजुरी गर्नु भनेर लेखेको छ। तर कारबाही के गर्ने भनेर लेखेको छैन,’ उनले भने, ‘विद्यार्थी र कलेजसँग छलफल भएको छ। समस्यालाई दीर्घकालीन समाधानको बाटो खोजिरहेका छौं। नियमविपरीत कसैले पनि रकम असुल्न पाउँदैन।’
कलेजले बिनारसिद खालि पानामा लेखेर लाखौं रुपैयाँ विद्यार्थीबाट नगद लिएको विद्यार्थी बताउँछन्। कलेज प्रशासनले चाहीँ यो केही ब्यक्तिको षड्यन्त्र भएको भन्दै वार्ताबाट समस्या समाधान गर्ने बताएको छ। ‘केही ब्यक्तिहरु कलेजको बदनामी गर्ने र बन्द गराउने षड्यन्त्रमा लागेका छन्। समस्या खासै ठूलो होइन,’ कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले भने, ‘कलेजले गलत नियतका साथ विद्यार्थीसँग रकम असुलेको छैन। लाग्ने खर्च बाहेक बढी रकम हामीले लिएकै छैनौं।’
समस्या समाधानका लागि विद्यार्थीले २४ घण्टाको अल्टिमेटम दिएका छन्। २४ घण्टाभित्र पनि वार्तामा नआए अस्पताल ठप्प पार्ने उनीहरुको चेतावनी छ।
Related News
सम्बन्धित समाचार
पोखरा फाइनान्स अध्यक्षमा राजकुमार
सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा
व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन्छ : मन्त्री जिसी
कुँडहर सहकारीमा विश्वबन्धु
पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई
hero news full width
मुख्य समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०