पोखरा, १५ माघ : रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क काठमाडौं, पोखरा र चितवनको सौराहामा हटाइएको छ ।
रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबान (काठमाडौं, पोखरा र सौराहा)को सोमबार काठमाडौंमा भएको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको हो ।
ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त १० प्रतिशतसमेत जोडेर रकम लिन थालिएपछि चौतर्फी विरोध भएको थियो ।
उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी माग १५ गते मंगलवारको मितिदेखि क्रमिकरुपमा लागू हुने गरी सेवा शुल्क हटाउने निर्णय गरिएको रेबानद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, । मंगलवारको निर्णयसँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन ।
सोमबार आयोजित भेलाको निर्णयबारे जानकारी दिन प्रकाशित प्रेस विज्ञप्तिमा केन्द्रीय रेबानका अध्यक्ष प्रमोद कुमार जैसवाल र रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलको पनि हस्ताक्षर छ । रेबान सौराहाका अध्यक्ष गोकर्ण गिरीले भने प्रेस विज्ञप्तिमा हस्ताक्षर छैन ।
Related News
सम्बन्धित समाचार
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
निशान म्यागनाइट गाडी नेपाली बजारमा
नेपाली घ्यू जापानमा लोकप्रिय
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७