उद्घाटन खेलमा मंगलबार एपिएफ र हिमालयन शेर्पाका खेलाडी बल आफ्नो पक्षमा पार्ने प्रयासमा । तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज
पोखरा, १५ माघ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता–२०७५ मा सशस्त्र प्रहरी बल (एपिएफ) ले विजयी शुरुवात गरेको छ ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा मंगलबारदेखि पोखरा रंगशालामा शुरु प्रतियोगिता उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफले विजयी शुरुवात गरेको हो ।
यस वर्षको लिगमा गोलरहित बराबरी खेलेका एपिएफ र हिमालयन शेर्पा राइनो कपमा भने एफिएफ टाइब्रेकरमा हार बेहोरेको थियो । त्यसको बदला उसले पोखरा रंगशालामा लिन सफल भयो ।
एपिएफको जितमा म्यान अफ दी म्याच घोषित आशिष लामा र कप्तान सुदीप सिंखाकारले गोल गरेका हुन् । हिमालयनका लागि अम्मर डंगोलले एक गोल गरे ।
खेलको २६ औं मिनेटमा एफिएफका आशीष लामाले करिब ३० यार्ड नजिक पाएको बललाई फस्ट बार च्याप्दै गोल गर्दै अग्रता दिलाए।
हिमालयनका अम्मर डंगोलले ५४ औं मिनेटमा डि–बक्सभित्र पाएको बल पोष्टमा चार्ज गरी खेल बराबरीमा पुर्याउन सफल भएका थिए । यद्यपि, हिमालयन ७८ औं मिनेटमा पुगेर अभागी बन्यो । हिमालयनका लागि विदेशी खेलाडी अलिच सिवीईले डि–एरियामा ह्याण्ड गरेसँगै एपिएफले पेनाल्टी अवसर पाएको थियो । जसमा सुदीप सिंखाकारले पेनाल्टीमा कत्ति पनि गल्ति नगरी टिमलाई २–१ गोलअन्तरमा अगाडि बढाए । यसरी लिगमा सातौं स्थानमा रहेको हिमालयन पोखरा कपको पहिलो खेलबाटै बिदा लियो ।
जितपछि एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकोले जित सम्भव भएको बताए ।
हिमालयन शेर्पाका प्रशिक्षक वीरेन्द्र पुडासैनीले खेलमा राम्रो तालमेल मिल्न नसक्दा र अन्तिम समयमा विपक्षीको ह्याण्डलाई रेफ्रीले पेनाल्टीको अवसर नदिनु हारको मुख्य कारण भएको प्रतिक्रिया दिए ।
पोखरा रंगशालाको भत्किएको प्यारापिटबीचमा पनि अस्थायी प्यारापिट निर्माण गरी आयोजित प्रतियोगिता उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका हुन् ।
माघ २६ सम्म चल्ने प्रतियोगिताअन्तर्गत बुधबार च्यासल क्लब र क्यामरुनको डफिन्स टिम फेमेलीबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकसहित लिग विजेता मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल, ब्रिगेड ब्वाइज, जापानको रिस्सो युनिभर्सिटी र क्यामरुनको डफिन्स टिम फेमेली लगायतले सहभागिता जनाएका छन् ।
यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की महासचिव रमेश कार्कीले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा ५ विधा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिता संचालन गर्न १ करोड १७ लाख लाग्ने र प्रतियोगिताबाट आम्दानी १ करोड २८ लाख ५० हजार हुने आयोजकको विश्वास छ । बचत रकम फुटबल खेलको विकासमा खर्च गरिने पनि अध्यक्ष मिलन गुरुङले बताए ।
पाँचौ संस्करणसम्म निरन्तर आयोजित सो प्रतियोगिताले २ वर्षपछि पुनः निरन्तरता पाएको छ । प्रतियोगितालाई मनकामना केवलकारले मुख्य प्रायोजन गरेको छ ।
Related News
सम्बन्धित समाचार
बिटी कपमा को को विजयी ?
पोखरा सुपर जनरल सेमीमा
१५ औं पोखरा म्याराथन: ह्वीलचियर र दृष्टिविहीन दौड
भेट्रान फुटबलमा २८ टिम
बिटी कपमा प्रिक्वाटरका खेल जारी
hero news full width
मुख्य समाचार
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७