पोखरा, १३ माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको छ । पत्रकार केशव पाठक अध्यक्ष रहेको तदर्थ समिति ११ सदस्यीय छ । यस्तै, मञ्चले सम्पन्न गरेको तेस्रो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको आयव्ययसमेत सार्वजनिक गरेको छ ।
बनभोजबीच भएको सो कार्यक्रममा मञ्च कोषाध्यक्ष विजय नेपालले आयव्यय सार्वजनिक गरेका हुन् । जसअनुसार अवार्डमा ८ लाख १५ हजार ७१ रुपैयाँ ४६ पैसा आम्दानी भएकोमा ६ लाख ९९ हजार ३ सय ९५ रुपैयाँ ७२ पैसा खर्च हुन गएको छ भने बचत १ लाख १५ हजार ६ सय ७५ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैक्रममा मञ्चले आयोजना गर्ने सबैभन्दा ठूलो इभेन्ट पोखरा स्पोर्टस् अवार्डको आगामी चौथो संस्करणको लागि सहयोग आउने क्रम सुरु भैसकेको छ । एन्फा कास्की सदस्य पोखरा–१, बुद्धटोल निवासी राधा गुरुङले सोही अवसरमा ५ हजार ५५ रुपैयाँ मञ्च अध्यक्ष केशव पाठकलाई प्रदान गरिन् ।
यस्तै, रमाइलो खेल अन्तर्गत कुर्सी दौडमा मञ्च उपाध्यक्ष दीननाथ बराल र घैंटो फुटाउने प्रतियोगितामा कोषाध्यक्ष विजय नेपाल विजयी भए । उनीहरुलाई पुरस्कारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो ।
मञ्च अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक दीननाथ बरालले स्वागत र महासचिव रञ्जन अधिकारीले संचालन गरेका थिए । मञ्चको तेस्रो पोखरा स्पोर्टस् अवार्डमा शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ का सवोर्त्कृष्ट खेलाडी बन्न सफल भएका थिए । उनीहरुलाई क्रमशः टिभिएस अपाचे मोटरसाइकल र वीगो स्कूटर प्रदान गरिएको थियो ।
त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षक शारीरिक सुगठनका जीवन घिमिरे र उदियमान खेलाडीमा मेखबहादुर सेन थापा घोषित भइ जनही १५ हजारसहित बल्र्ड वाइड कनेक्सनबाट उपलब्ध सामसङ मोवाइल पाएका थिए ।
लाइफटाइम एचिभमेन्ट अवार्ड प्राडा वीरेन्द्रसिंह गुरुङलाई प्रदान गरिएकोमा कास्की जिल्ला ब्याडमिन्टन संघ उत्कृष्ट संघको रुपमा १० सहित सम्मानित भएको थियो । यसैगरी, पत्रकार सन्तोष पोखरेललाई उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारवापत १५ हजारसहित सामसङ मोवाइल दिइएको थियो ।
विसं २०५७ सालमा स्थापित मञ्चमा विशेषतः खेलकुद बिटमा कलम चलाउने ५५ जना बढी पत्रकार आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा–२९ मा टोलस्तरीय खेलकुद कप सुरु
टेनिसमा च्याम्पियन
टेनिसमा च्याम्पियन
भानुभक्त आवासीय माविमा खेलकुद
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साता
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०