पोखरा ५ माघ । पोखरामा मञ्चन भइरहेको नाटक निरमाया एकै दिन तीन शो मञ्चन भएको छ । नाटक हेर्ने दर्शकको संख्या बढ्दा शनिबार तीनवटा शो मञ्चन गर्नुपरेको पोखरा थिएटरले जनाएको छ।
शनिबार विहान १० बजे, दिउँसो १ बजे र साँझ पौने पाँच बजे नाटक मञ्चन गरिएको थियो । शनिबार चलचित्र रणवीरको प्रमोसनका लागि पोखरा आएका निर्माता तथा कलाकारसमेत पोखरा थिएटर पुगेका थिए । नाटक हेरेपछि प्रतिक्रिया दिदै चलचित्र रणवीरकी नायिका सुपुष्पा भट्टले नाटक राम्रो लागेको प्रतिक्रिया दिइन् । ‘नाटक राम्रो रहेछ, मलाई साह्रै मनपर्यो’ उनले भनिन्। नाटक हेर्नका लागि भनेर पोखरा बाहिरबाटसमेत दर्शकहरु आउन थालेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका निदेर्शक परिवर्तन कार्कीले बताए । ‘नाटक हेर्नकै लागि पोखरा आउनेक्रम बढ्दै छ,’ उनले भने, ‘यसबाट हामी उत्साहित बनेका छौ ।’
नाटक हेरिसकेका दर्शकको सन्तुष्टिको कारण भएको प्रचारप्रसारका कारण नयाँ पुस्तालाई समेत थिएटरले आर्कषण गरिरहेको कलाकार प्रकाश घिमिरे बताउँछन् । ‘विस्तारै पोखराको नाट्य क्षेत्र व्यवसायिक तरिकाले नै अगाडि बढ्ने आशा थपिएको छ’ उनले भने ।
पौष २७ गतेबाट मञ्चन शुरु भएको नाटक माघ १२ गतेसम्म मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ । यो नाटक वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले झण्डै ३० वर्ष अगाडि लेखेका हुन् । गरिब, शोषित, दलित, यौनपीडित समाजको नाङ्गो यथार्थलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देशसमेत दिन्छ। नाटकका निदेर्शक परिवर्तन कार्की हुन् । नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, ईश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदि कलाकारको अभिनय हेर्न पाइन्छ ।
पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको भने यो पाँचौ नाटक हो । नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्ने पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए । हालसम्म गन्धर्व नाटकघर संचालन भएपछि यहाँ निरमायासहित २३ वटा नाटक मञ्चन भए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९